पोखरा असोज १७,
नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेसनमा गुटगत प्रतिष्प्रर्धा हुने भएको छ । असोज १५ गते उद्धघाटन गरिएको अधिवेसनको वन्द सत्र १५ गते साँझदेखि पोखरा सभागृहमा सुरु भएको थियो । असोज १६ गते बिहान खाना खानु अगाडि प्रतिवेदनहरु पारित गरेर निर्वाचनको कार्यतालिका प्रकाशित गरिएको थियो । सहमतिका लागि एमालेमा १६ गते दिनभरी प्रयत्न गरिएको भएपनि एमालेका उप महासचिव पृथ्वी सुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूह विच सहमति हुन सकेन । दुवै समूहले अलग अलग प्यानलनै तयार गरि मनोनयन दर्ता गरेका छन् ।
उप महासचिव तथा गण्डी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको तर्फवाट अध्यक्षमा हालका प्रदेश अध्यक्ष तथा एमालेका पुराना नेता म्याग्दीका नवराज शर्माले मनोनयन गरेका छन् । त्यसैगरि उपाध्यक्षमा स्याङ्जाका मिन प्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उप सचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दाम वहादुर विकले मनोनयन गरेका छन् । अधिकारीको समूहवाट अध्यक्षमा पार्टिका केन्द्रिय सदस्य तथा लमजुङका नेता मायानाथ अधिकारी, उपाध्यक्षमा नवलपुरका वावुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, उप सचिवमा कास्कीकै मिना गुरुङ र सन्तोष रावलले उमेद्धवारी दर्ता गराएका छन् ।
गण्डकी प्रदेशमा गुट वनाउने एमाले उप महासचिव पृथ्वी सुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी दुवै अध्यक्ष ओलीका पृय पात्र भएपनि हाल उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोख्ररेलका निकट रहेर आफ्नो पक्षलाई वलियो वनाउन लागेको वताईएको छ । गण्डकी प्रदेशमा उप महासचिव तथा पूर्व मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङ र स्थायी कमिटी सदस्य तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीको ब्यक्तित्वको टकरावको कारण निर्माण भएको गुट प्रदेश अधिवेसन सम्म आईपुग्दा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सम्म आई पुगेको छ । महाधिवेसनको उद्धघाटन गर्न पोखरा आएका महासचिव पोख्रेलले अधिकारी समूहको पक्षमा माओल मिलाउन प्रसस्तै समय खर्चेको चर्चा छ । एमाले सचिव पद्मा अर्याल र गण्डकीका प्रभावशाली नेता स्थायी कमिटी सदस्य किरण गुरुङले भने सुरुदेखिनै गुटवन्दीको विरोध गरिरहेका थिए । दुवै पक्षले अर्याल र गुरुङलाई आफ्नो पक्षमा रहेको सुनाईरहदा उनिहरुले अहिले सम्म पनि मुख खोलेका छैनन् । गण्डकीमा उप महासचिव गुरुङ पक्ष वलियो रहेको चर्चा गरिएपनि पछिल्लो समयमा नेताहरुले गरेको गुट परिवर्तनले अधिकारी समूह पनि कमजोर नरेको र दुवै पक्ष विच तिव्र प्रतिष्प्रर्धा हुने देखिन्छ । १६५ सदस्यीय प्रदेश कमिटीका लागि ३८२ जनाकोे उमेद्धवारी परेको छ । निर्वाचनमा विद्युतिय भोटिङ मेसिनद्धारा मतदान हुने वताईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।