गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री खड्कालाई मंगलवार मन्त्री पदवाट हटाएका छन् । नेपाली काँग्रेस नेतृत्वको सरकारमा मन्त्री खड्का दास्रो वरियतामा रहेका थिए । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसको समानूपातिक कोटावाट प्रदेश सभा सदस्य वनेका खड्का आगामी मंसीरमा हुने प्रनितिधि सभा तथा प्रदेश सभा निर्वाचनमा टिकटका आकाक्षी थिए तर उनले टिकट पाएनन् । उनि र वर्तमान कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा एउटै निर्वाचन क्षेत्र प्रदेश सभा २ (२)वाट आकाक्षी रहेका थिए । तर खड्कालार्ई पछाडि पार्दै टिकट विन्दु थापाले ल्याएपछि खड्का असन्तुष्ट वन्दै आएका थिए । हाल उनलाई निर्वाचनमा विन्दु कुमार थापालाई असहयोग गरेको र हराउन भूमिका खेलेको आरोप लागेको वताईएको छ ।
२०७४ सालको निर्वाचनको केही समय अगाडि मात्रै अखण्ड नेपाल पार्टिलाई नेपाली काँग्रेसमा विलय गराएर समानुपातिक सांसद वनेका खड्का यस निर्वाचनवाट प्रत्यक्षमा लडेर मगण्डकी प्रदेशको मुख्यमन्त्री वन्ने दाउमा थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।