पोखरा मंसीर ११ ,
गण्डकी प्रदेशमा समानूपातिक तर्फ नेकपा एमाले पहिलो दल वनेको छ । स्याङ्जा क्षेत्र नं २ को मत गणना हुन बाँकी रहेको अवस्थाको मत परिणमलाई हेर्दा नेकपा एमालेले ३ लाख ४० हजार ५३३ मत ल्याउदै पहिलो दल वनेको हो । त्यसै गरि नेपाली काँग्रेस ३१७५९६ मत ल्याउदै दोस्रो भएको छ । नेकपा माओवादी केन्द्र १ लाख १५ हजार ३६६ मत सहित तेस्रो वनेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टि ५७ हजार ५३ सहित चौथो दल वन्न सफल भएको छ । नेकपा एमालेवाट विभाजन भएर वनेको नेकपा एकिकृत समाजवादी भने सातौ भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणम अनुसार हाम्रो नेपाल पार्टिे १८ हजार ४७१ मत सहित पाँचौ, राष्ट्रिय जनमोर्चा १४ हजार ७ सय ९२ ल्याएर छौठौ र नेकपा एकिकृत समाजवादीले १४ हजार ६ सय ९७ मत प्राप्त गर्दै सातौ दल वनेको छ । मंगोल नेशनल अर्गनाईजेसनले १० हजार ४ सय ५८ र जनता समाजवादी पार्टिले ५ हजार ८ सय ८२ मत प्राप्त गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।