पोखरा पौष २१,
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान २०७२ को उपधारा १६८ (२ वमोजिम ) सरकार गठनका लागि आव्हान गरेका छन् । गण्डकी प्रदेशमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको हुनाले संविधानको धारा १६८ को (२) अन्तर्गत प्रदेश सभामा दुई वा दुई भन्दा वढि दलको समर्थनमा बहुमत सिद्ध गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दावी गर्न पौष २५ गते सोमवार दिनको ४.०० वजेको समय दिएर आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कुनै पनि दलले वहुमत प्राप्त गरेका छैनन् । प्रदेश सभामा नेपाली काँग्रेसको २७, नेकपा एमाले २२, नेकपा माओवादी केन्द्र ८ , राप्रपा २ र स्वतन्त्र १ गरि ६० जना रहेका छन् । केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतको गठवन्धन रहेको हुनाले केन्द्रकै निर्देशन अनुसार गण्डकी प्रदेशमा सरकार वन्ने देखिन्छ । प्रदेश सभामा २२ सिट भएको नेकपा एमालेले यो प्रदेशमा सरकार वनाउने लगभग निस्चित जस्तै देखिन्छ । नेकपा एमाले सरकारको नेतृत्व गर्ने अवस्थामा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री वन्नेछन् ।