पोखरा, वैशाख २,
गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको ३ साता वितिसकेको छ । तथापि मुख्यमन्त्री अधिकारीले राजीनामा दिएका छैनन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएर सरकारवाट फिर्ता हुने निर्णय गरेपछि अल्पमतमा परेका अधिकारीले प्रदेश सभावाट विश्वासको मत लिन सक्ने अवस्था भने देखिदैन यस्तो अवस्थामा अधिकारीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने राजनितीका जानकारहरु वताउछन् तर अधिकारी संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै एक महिना सम्म मुख्यमन्त्रीको कुर्चिमै वस्ने निती लिएको देखिएको छ ।
मुख्यमन्त्री अधिकारीलाई प्रदेश सभामा विश्वासको मत लिने १ महिनाको समय रहेकोमा प्रदेश सभावाट पुन विश्वासको मत लिन सकेको खण्डमा अधिकारीको मुख्यमन्त्रीको पद जोगिन्छ अन्यथा उनि स्वतः पद मुक्त हुनेछन् । सत्ता गठवन्धन दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको र आफै सरकार वनाउने दावी गरिरहेको एउटा अवस्था गण्डकी प्रदेशमा रहेको छ भने अर्कोतिर केन्द्रमा पुरानो गठवन्धन भत्किएर नयाँ गठवन्धन वनिसकेको अवस्था छ । गण्डकी प्रदेशमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मध्ये कुनै एक पार्टिले सरकार वनाउने करिव करिव पक्का पक्की जस्तै छ । त्यसमा पनि पहिलो चरणमा नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने संभावना वढि रहेको छ यस्तो अवस्थामा अधिकारीले प्रदेश सभावाट विश्वासको मत पाउने संभावना शुन्य जस्तै छ त्यसैले अधिकारीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने आवाज उठेको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलीपल्टै पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अधिकारीको राजीनामा मागेका थिए । त्यसपछि पनि पण्डेले अधिकारीको राजीनामा मागेका छन् तर मुख्यमन्त्री अधिकारीले कसैले भनेको भरमा आफुले राजीनामा नदिने वताउदै आएका छन् । आफुले संवैधानीक व्यवस्था अनुसार निर्णय लिने अधिकारीले वताउदै आएका छन् । माओवादी केन्द्रले चैत्र १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
यसै विच गण्डकी प्रदेश सभाको वैठक वैशाख ९ गतेलाई आव्हान गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमन गुरुङले मन्त्री परिषदको सिफारिसमा संविधानको धारा १८३ उपधारा ३ वमोजिम वैशाख ९ गते दिनको ३ वजेलाई प्रदेश सभा भवन नदिपुरमा आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । मुख्यमन्त्री अधिकारीले आफ्नो १ महिनाको समय सकिन लागेकै दिन संसद वैठक आव्हान गर्न लगाएको, प्रदेश सभाको वैठकमा उनको पक्षमा वहुमत नपुग्ने भएकाले राजिनामा दिने वाहेक उनिसंग अर्को विकलप नभएकाले अधिकारीले प्रदेश सभाको वैठकमै राजिनामा दिने तयारी रहेको वुझिन्छ ।
६० जना प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेश सभामा नेपाली काँग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका १ र नेकपा एकिकृत समाजवादीका १ जना रहेका छन् । २७ सिट रहेको नेपाली काँग्रेस र ८ सिट रहेको नेकपा माओवादी केन्द्र एकातिर रहेको अवस्थामा नेकपा एमालेले आफ्ना २२ र राप्रपाका २ गरि २४ सांसद मात्रै पु¥याउन सक्ने अवस्था रहेको छ ।