पोखरा,पौष १३,
गण्डकी प्रदेश सभाको अधिवेसन पाष्ौ १८ गते सोमवार आव्हन गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान २०७२को धारा १८३ को उपधारा १ बमोजिम पौष १८ गते ३ वजेलाई प्रदेश सभाको अधिवेसन आव्हन गरिएको प्रदेश प्रमुखको कार्यालय गण्डकीका प्रवक्ता चण्डी प्रसाद अर्यालद्धारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।
यस अधि आज प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यहरु मध्येवाट जेष्ठ सदस्य मित्रलाल वस्याललाई सपथ खुवाउने कार्यक्रम रहेको छ भने भोली पौष १४ गते जेष्ठ सदस्य वस्यालले अन्य ५९ जना सदस्यहरुलार्ई सपथ ग्रहण गराउने छन् । त्यस पछि सभामुख , उप सभामुख चयन र सरकार निर्माणको प्रक्रिया अगाडि वढ्ने छ ।
गण्डकी प्रदेशमा नेपाली काँग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र नेकपा एकिकृत समाजवादीका १ सांसद रहेका छन् । केन्द्रमा नेकपा एमाले, मओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टि , राप्रपा लगायतको गठवन्धन वनेकाले गण्डकीमा पनि काँग्रेस इतरको गठवन्धनले सरकार वनाउने निस्चित भएको छ । ६० सदस्यीय प्रदेश सभामा ३१ आएमा वहुमत पुग्दछ । नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको जोड्दा ३२ सिट पुग्ने हुनाले यो गठवन्धनले गण्डकीमा सरकार वनाउने देखिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।