पोखरा, जेष्ठ २१,
गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०।०८१को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । २६१ वुदाँमा लेखिएको ५३ पृष्ठको निती तथा कार्यक्रम आजको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरे । निती तथा कार्यक्रमलाई प्रदेश भित्रको यातायातलार्ई प्रविधिमैत्री वनाउने, सवारी चालक अनुमति पत्र छिटो उपलव्ध गराउने र सिफ्ट प्रणलीमा सेवा दिईने उल्लेख गरिएको छ । खानेपानीमा सवैको पहुच पु¥याउने उदेश्यले लिफ्टििङ शुल्कमा विद्युत महसुल छुट दिने, सवै नागरिकलाई स्वास्थ्य सेवा विस्तार गरि स्वास्थ्य सेवामा नागरिकको पहूच र स्वामित्व वढाउने लक्ष लिईएको छ । मृगौला डाईलाईसलार्ई निशुल्क गरिएको छ । सार्वजनिक खर्चलाई मितवेयी वनाउने, चालु खर्च कटौती गर्ने र पूजीगत खर्च वढाउने विषयलाई प्राथमिकतामा राखिएको छ । प्रदेश सरकारले ६१ वटा ऐन र २२ वटा कार्यविधि तर्जुमा गरेको निती तथा कार्यक्रममा जनाईएको छ । निती तथा कार्यक्रममा कृषि र पशु विमा कार्यक्रममार्फत कृषि तथा पशुपालन ब्यवसाय तर्फ आकर्षित गर्ने प्रयास गरिएको छ । उज्यालो गण्डकी प्रदेश कार्यक्रमलार्ई साकार पार्न साना ठूला जलविद्युत आयोजना निर्माण,वायो ग्याँस तथा सौर्य उर्जा कार्यक्रम र काठे पुल विस्थापन कार्यक्रमलार्ई निरन्तरता दिईएको छ ।
संमृद्ध गण्डकी प्रदेश निर्माण गर्न सडक सञ्जालमा प्राथमिकता दिदै प्रदेश सदरमुकाम र स्थानिय तहका केन्द्रलार्ई जोड्ने सडक निर्माण तथा कालोपत्र गर्ने कामलाई प्रथमिकतामा राखिएको जनाईएको छ । प्रदेश गौरवका आयोजना मार्फत सडक विस्तारलाई महत्व दिईएको छ । प्रदेश भित्रका अस्पतलहरुको स्तरोन्ती तथा स्तर वृटि गर्नुपर्ने अस्पतालहरुको स्तरवृद्धि गरिने, गोरखाको आँपपिपल अस्पताल र वाग्लुङको वुर्तिवाङ स्वास्थ्य केन्द्रलार्ई प्रदेश सरकार मातहत लयाउन पहल गरिने, लगायतका विषयहरु निती तथा कार्यक्रममा उल्लोख गरिएका छन् । गण्डकीमा डायलाइएसिस सेवा ः नागरिकको स्वास्थ्यमा टेवा भन्ने मुल मन्त्रलार्ई आत्मसात गर्दै डाईलार्ईसिस सेवालार्ई झण्झट रहित र पालो कुर्नुनपर्ने गरि व्यवस्था मिलाईने निती तथा कार्यक्रममा उललेख गरिएको छ । भरतपुर क्यान्सर अस्पताल र अन्य सरकारी अस्पतालहरुसंग समन्वय गरि सवै खालको क्यान्सरको उपचारमा १ लाख रुपयाँ सम्मको थप आर्थिक सहायत प्रदान गरिने छ । गर्भवती सुत्केरी तथा नवजात शिसुको स्वास्थ्लाई ख्याल गर्दै आपतकालिन अवस्थाको उद्धारका लागि एयर एम्वुलेन्सको व्यवस्था गरिने , गण्डकी प्रदेश भित्र विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्ने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसै गरि शिक्षामा सिक्दै कमाउदै , कमाउदै सिक्दै कार्यक्रम सञ्चालन गर्न सहयोग गरिने , प्रदेश प्रमुख शैक्षक सुधार कार्यक्रम अन्तर्गत सामूदायीक विद्यालयहरुको प्रतिष्प्रर्धि क्षमता अभिवृद्धि गर्ने निती तथा कार्यक्रममा उल्लखे गरिएको छ । महिला शसक्तिकरण कार्यक्रमलार्ई जोड दिईएकोछ ।जेष्ठ नागरिक सेवा केन्द्र स्थापना तथा सञ्चालन र सहयोगतापेक्षी सडक मानव मुक्त अभियानलाई निरन्तरता दिईने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । खेल तर्फ सवैका लागि खेलकुद भन्ने नारालाई सार्थकता दिन गाँउगाँउमा नव प्रतिभावान खेलाडिहरुलाई अवसर श्रीजना गर्न स्थानिय तहसंग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । कृषि तर्फ प्रदेश सरकारको साझेदारी ः वाँझो रहन्न खेतवारी भन्ने अभियन सञ्चालन गरिने, वाली बिमा कार्यक्रमलाई निरन्तरता दिईने लगायतका कार्यक्रमहरु ल्याईएको छ । निती तथा कार्यक्रममा अर्थ तन्त्रलाई गतिशिल वनाउदै विकास र संमृद्धि हाँसिल गर्ने कुरा उललेख गरिएको छ । उद्योग, पर्यटन, वन , खानेपानी सिंचाई, उर्जा, कृषि, सहकारी लगायतका क्षेत्रलार्ई पनि निती तथा कार्यक्रममा प्रथमिकताका साथ समेटिएको छ ।