पोखरा आषाढ १०,
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा विमानस्थल उद्धघाटन गरेको १६९ दिन पछि वल्ल एउटा अन्तराष्ट्रिय उडान भएको छ । त्यो पनि व्यवसायीक नभई चार्टर उडान । नेपाल स्थित चिनीया राजदूतावास, नेपाल पर्यटन वोर्ड तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालकमा आयोजना हुने ड्रागन वोट रेस फेष्टिवलमा सहभागिता जनाउनको लागि चिनीया पाहुनाहरु र चिनीया खेलाडिहरु लिएर त्यो चार्टर विमान पोखरा आयो र सोही दिन फर्कियो । पोखरावाट दक्षीण एसियाली मुलुकहरुमा उडान गर्न मिल्ने गरि झण्डै २५ अर्व ऋणमा वनाईएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसक्नुमा नेपाल सरकारको कमजोरी रहेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धघाटन भएको झण्डै ६ महिना पुग्दा पनि पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट दक्षीण एसियाका विभिन्न मुलुकहरुमा उडान हुनुपर्ने थियो तर अरु मुलुकको त के कुरा भारत र चिनका शहरहरुमा समेत उडान हुन नसक्नु र एउटा चार्टर विमान चिनवाट आउदा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान भयो भनेर हामी हर्षित भएका छौ, खुसियाली र उत्सव मनाएका छौ । विमानस्थल वनाउनका लागि पोख्ररेलीहरुले गरेको प्रयास र विमानस्थल वनाउने वेलामा पोख्रेलीलाई वाँडिएका आश्वासन ब्यर्थ भएका छन् ।
पोखरा आफैमा एउटा पर्यटकीय गन्तव्य हो । पर्यटनको अद्धभूत संभावना भएको सुन्दर नगरी पोखरावाट दक्षीण एसियाका विभिन्न मुलुकमा अन्तराष्ट्रिय उडान गर्न सक्ने हो भने यसले पोखराको मात्रै हैन मुलुककै पर्यटन प्रवर्धनमा ठूलो टेवा मिल्ने मात्रै हैन नेपालको पर्यटन उद्योगमा समेत आमूल परिवर्तन हुने कुरामा दुईमत छैन । तर यति धेरै संभावना भएको ठाँउमा अन्तराष्ट्रिय उडान गर्न नसक्नु र एयर रुट लिन नसक्नु भनेको नेपालको कच्चा कुटनितीको पराकाष्ठा हो । हामी आफु भित्र मात्रै ठूलो कुरा मात्रै गर्ने विदेशीहरुसंग एयर रुट र अन्तराष्ट्रिय उडानको तारतम्य मिलाउन किन सकिरहेका छैनौ ? यो प्रश्न अहंम वनेको छ । नेपाल हिन्दुहरुको पनि आस्थाको केन्द्र हो त्यसै गरि वुद्ध धर्मालम्वीहरुको गन्तव्य हो । भारतका बहुसंख्यक हिन्दुहरु नेपालको पशुपति नाथ तथा मुक्तिनाथको दर्शन गर्न औधी रुचाउछन् त्यसै गरि वौद्ध धर्म मान्ने चिनीयाहरु लुम्विनी लगायतका ठाँउमा दर्शन गर्न र घुम्न आउछन् । त्यति मात्रै हैन दक्षीण एसियाका थाईलैण्ड, जापान, वंगलादेश, श्रीलंका भुटान लगायतका मुलुकहरुवाट पनि हिन्दु तथा वौद्ध धर्मालम्वीहरुका लागि नेपाल रोजाईको स्थल हो पोखरावाट अन्य मुलुकमा तत्कालै संभव नभएपनि भारत र चिनका केही शहरहरुमा अन्तराष्टिय उडान चालु गर्न सकेको खण्डमा पोखरा र आसपासको क्षेत्र तथा
नेपालकै कतिपय शहरहरुमा पर्यटकहरुको आवागमन आशलाग्दो तरिकाले वढ्ने थियो तर मुलुक सञ्चालन गर्नेहरु यति जावो एयर रुट मिलाउन नसकेर लाचारी प्रकट गरिरहेका छन् भने जनता एउटा चार्टर विमान आउने वित्तिकै खुसियाली मनाउने अवस्थामा छौ । पोखरा अन्तराष्टिय विमानस्थलमा चिनका विभिन्न शहरहरुवाट उडान गरिदिनु पयो भनेर पोखराका मेयर धनराज आचार्यले चिनिया राजदूत लगायतको टालीसंग अनुरोध गरे । उनको अनुरोध चिनले कति सुन्न हो वा नसुन्ने हो यो कुरा भविश्यले देखाउला तर २५ अर्व ऋणमा वनेको पोखरा अन्तराष्टिय विमानस्थलमा केवल आन्तरिक उडान मात्रै हुने हो भने त्यती ठूलो ऋण नेपालले कसरी तिर्ने हो त्यस तर्फ पनि सरकार सञ्चालन गर्नेहरुमा कुनै गाम्भिर्यता देखिदैन । पोखरा अन्तराष्टिय विमानस्थल चिनले वनाईदिएको हो भनेर भारत पोखराका लागि सजिलै आफ्नो मुलुकका शहरहरुमा उडानका लागि अनुमति नदिएको कुरा यथार्थ प्रमाणित भईरहेको छ । यस्तो अवस्थामा सरकारले चिन, जापान भुटान या भारतको आकाश प्रयोग गर्न नपर्ने मुलकहरुसंग अन्तराष्टिय उडान गर्न कुटनितीक रुपमा प्रयास गर्नुपर्ने देखिएको छ । पोखरा विमानस्थल वाट अन्तराष्टिय उडान नहुँदा ठूलो धनराशी खर्च गरेर विमानस्थल वनाउने तर उक्त विमानस्थलवाट अन्तराष्टिय उडान हुन नसक्दा विमानस्थल वनाउनका लागि पोखरेलीहरुले गरेको प्रयास र विमानस्थल वनाउने वेलामा पोखरेलीलाई वाँडिएको आश्वासन ब्यर्थ भएको छ