पोखरा, चैत्र २१
यहि चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुनलागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पुरा भएको जनाएको छ । क्लवका अध्यक्ष सुविन श्रेष्ठल ेहाल स्टल तथा वाल उध्यान व्यवस्थापन,आलु ग्रडिङ गरी संकलन गर्ने लगायतका कार्य घमाधम भइरहेको बताए । महासचिव बसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पारे । महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन,आलुको पहाड निर्माण,आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोट विरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिककार्यक्रम, कृषि झाँकी प्रदर्शनी,विभिन्न कृषिउपज,विउ विजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने भएको छ ।
कोरोना भाइसरका कारण विगत ३ वर्ष सम्महुन नसकेको महोत्सवलाई यस वर्षदेखि निरन्तरतादिन लागिएको हो । महोत्सव सँगै हेमजामा उत्पादन भएका ेआलु तथा अन्य ताजा तरकारीको प्रचार प्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथ ाअभिप्रेरणा मिल्ने, क्लव भवन, तरकारी संङकलन तथाबिक्री वितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य राखिएको छ । पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुखमनोहर कडरिया, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी,अग्रज कृषक चित्रनाथ पौडेल लगायतले आलु महोत्सवको महत्व माथि प्रकाश पादैृ आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिर्दै महोत्सवमा कृषक सहभागिता बढाउनुपर्ने बताए । महोत्सवमा ३० देखि ४० टनको आलुको पहाड निर्माण गरिदैछ । त्यस्तै महोत्सवमा प्रवेशका लागि साधारण प्रवेशका लागिरु.८० र विद्यार्थीकालागि रु.५० शुल्क निर्धारण गरिएको छ ।