पोखरा , पौष ७,
पोखरा महानगरपालिका वडा नं ८ मा रहेको समूदायीक क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसको नव निर्वाचित सञ्चालक समितीको पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ । पदस्थापन कार्यक्रमलाई संवोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्व विद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्ने प्रतिवद्धता जनाएका छन् । पदस्थापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गदैै आचार्यले आफुहरु पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेको वताउदै पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रिय क्याम्पसले स्वायत्त कार्यक्रम विएमटिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयनसँगै विशिष्टता हाँसिल गर्न आग्रह गरे ।
पदस्थापनापछि नव निर्वाचित अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले ‘जनप्रिय क्याम्पस समुदायबाट सञ्चालित शैक्षिक संस्था भएकाले संरक्षक र सिनेटरलाई विशेष सम्मान गर्ने, कर्मचारी र प्राध्यापकको मनोवल बढाउने,आर्थिक मितव्ययिता पालना गर्ने, जवाफदेहिता र पारदर्शिता कायम गर्दै संस्थाको विधि र मर्यादाभित्र रहेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । आफू राजनीतिक व्यक्ति भएपनि तीन वर्षेकार्यकालमा जनप्रिय ब्याम्पस भित्र राजनीतिक रङ नदिने समेत उनले वताए ।
पदस्थापन कार्यक्रममा अध्यक्षका प्रत्यासी सोमनाथ बरालले राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा काम गरेर अनुभव हाँसिल गरेको अध्यक्ष क्याम्पसले पाएको हुँदा गुणस्तरको शाख कायम राख्दै, क्याम्पसलाई अगाडि वढाउन सुझाव दिए । पदस्थापन कार्यक्रममा संस्थापक पूर्व उपाध्यक्ष हरि बराल, संस्थापक प्राध्यापक प्रा डा देवेन्द्रबहादुर लामिछाने, निवर्तमान अध्यक्ष तारा गिरी, पूर्व अध्यक्ष दामोदर चालिसे, इन्द्रबहादुर कुँबर, सल्लाहकार परशुराम बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, क्याम्पस प्रमुख लोकराज भण्डारी लगायतका बक्ताहरुले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमले अध्यक्ष बिजुक्छे सहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिका संयोजक दयाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य एकनारायण अर्यालले स्वागत र डा.श्रीकान्तशर्मा खतिवडाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।