पोखरा, मंसीर १३,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीले महाधिवेसन सम्पन्न भएको ५ महिना वितिसक्दा पनि नेताहरुलार्ई जिम्वेवारी दिन सकेको छैन । गत अषाढमा सो पार्टिले १० औ महाधिवेसन सम्पन्न गरेको भएपनि मंसीर सम्म आईपुग्दा समेत नेताहरुलार्ई जिम्वेवारी नदिदा पार्टि काममा वाधा पुगेको छ भने पार्टिका नेता कार्यकर्ता निस्कृय देखिएका छन् । नेकपा एमालेवाट २ वर्ष अगाडि विभाजन भएको नेकपा एककृत समाजवादीमा १० औ महाधिवेसन पछि थप उर्जा आउने आशा गरिएको भएपनि महाधिवेसन पछि नेता कार्याकर्ताहरुमा असन्तुष्ठि थप वढेको देखिन्छ । सो पार्टिले पार्टिका प्रदेश अधिवेसनहरु, त्यसपछि जिल्ला अधिवेसन र स्थानिय तहका अधिवेसन सम्पन्न गर्दै लाने निर्णय गरेको भएपनि नेता कार्यकर्ताहरु त्यति उत्साही देखिएका छैनन् ।
पार्टिको १० औ महाधिवेसनमा नेतृत्व चयनको प्रक्रिया प्रति समेत नेताहरुले असन्तुष्ठि ब्यक्त गरेका छन् । नेताहरु विरोध खतिवडा, जिवनराम श्रेष्ठ, विजय पौडेल,उर्वादत्त पन्त,राम कुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, धन वहादुर वुढा, केशवलाल श्रेष्ठ लगायतका नेताहरुले निर्वाचन प्रक्रिया प्रतिनै असन्तुष्ठि जनाएका छन् । उनिहरुलाई अध्यक्ष नेपालले भेटेर उचित जिम्वेवारी दिने भन्दै थामथुम पारेका छन् । पार्टिका निर्वाचित केन्द्रिय सदस्य तथा पोलिव्यूरो र पदाधिकारीहरुलाई महाधिवेसन सम्पन्न भएको ५ महिना सम्म जिम्वेवारी नदिदा समग्र पार्टि पंतीमानै अन्यौलता वढेको छ । स्थायी कमिटीले नेताहरुको जिम्वेवारी वाँडफाडका लागि अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूषाल रहेको कार्यादल गठन गरिएको थियो शिर्ष नेता रहेको कार्यदलले हाल सम्म नेताहरुको जिम्वेवारी टुङ्ग्याउन नसक्दा नेताहरुकै विचमा कुरा नमिलेको अनुमान लगाउन थालिएको छ ।
नेकपा एकिकृत समाजवादीमा पनि दुर्ई धार प्रष्ट संग देखिएको छ । महाधिवेसन अगाडि देखिनै एउटा धारको नेतृत्व अध्यक्ष माधव कुमार नेपालले गरेका छन् भने अर्को धारको नेतृत्व सम्मानति नेता झलनाथ खनाल र महासचिव घनश्याम भूषालले गरेका छन् । पार्टिमा अध्यक्ष नेपाल नजिक रहेको धार सुरुदेखिनै वलियो रहेको र १० औ महाधिवेसन पछि अध्यक्ष नेपालको धार थप वलियो वनेको छ । केन्द्रिय पदाधिकारी, पोलिव्यूरो र केन्द्रिय समितिमा समेत नेपाल पक्षीय नेताहरुको वाहुल्यता देखिन्छ । नेताहरुको जिम्वेवारी अन्तिम चरणमा पुगेको नेताहरुले वताएपनि नेताहरुकै स्वार्थका कारण हाल सम्म पनि जिम्वेवारी टुङ्गीन नसकेको वताईएको छ । समाजवादीमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र एमालेसंग असन्तुष्ठ रहेका नेता भिम रावललाई भित्र्याउने विषयमा समेत नेताहरु विच मत बाझिएका कारण गौतम र रावल समाजवादीमा आउन सकेका छैनन् । मुलुकभरीका आम कार्यकर्ताहरुले गौतम र रावलाई पार्टिमा भित्राउन दवाव दिईरहेको भएपनि समाजवादीले दुई नेताहरुको वारेमा निर्णय लिन सकेको छैन । आम कार्यकर्ता गौतम र रावल समाजवादीमा आएमा हालको अवस्थावाट धेरैनै उपलव्धी हुने र एमाले लगायत अन्य वामपन्थी पार्टिमा अलमलमा रहेका धेरै मानिसहरु समाजवादीमा आउने वताउछन् । तर गौतम र रावललाई पार्टिमा भित्र्याउदा आफ्नो पद र हैसियत धरापमा पर्ने केही नेताहरुलाई चिन्ता हुने गरेको ले सो प्रक्रिया समेत अवरुद्ध वनेको चर्चा समेत नेकपा एस भित्र चल्ने गरेको सुनिन्छ ।
पार्टिको १० औ महाधिवेसनवाट समाजवादी कार्यक्रम पास गरेको नेकपा एकिकृत समाजवादीले निती र सिदान्तको हिसावले आफुलार्ई मुलुकको वामपन्थी पार्टिहरु मध्येको वैकल्पिक शक्ति भनेको छ । तथापि सो पार्टिमा देखिएको अलमलले सो पार्टिमा रहेका नेता कार्यकर्ताहरु झनै अन्यौलमा रहेका छन् । समाजवादी पार्टि छोडेर अन्यत्र जानेहरुको जमात पनि बढिरहेकाले त्यसलार्ई रोक्न पार्टिले शसक्त कार्यक्रम र गतिविधिहरु गर्नुपर्ने सो पार्टिका कार्यकर्ताहरु वताउछन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।