पोखरा फागुन २१,
नेपालको राजनितीमा एकाएक दलहरु विचको समिकरण परिवर्तन भएको छ । हिजो रातभरीको दौडधुप र कसरथ पछि दलहरु विच नयाँ समिकरण वनेको हो । नेपाली काँग्रेस,नेकपा माओवादी केन्द, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टि नागरिक उन्मुक्ति पार्टि, र लोसपाका विचमा रहेको गठवन्धन टुटेको छ भने नेपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि, जनता समाजवादी पार्टि, जनमत पार्टि र नागरिक उन्मुक्ति पार्टि सहितको नयाँ समिकरण वनेको छ । नेकपा एमालेले २०७९ पौष १० गते प्रचण्डलार्ई प्रधानमन्त्री वनाएको भएपनि त्यसको करिव २ महिनापछि प्रचण्डले एमालेको साथ छोडेर काँग्रेससंग नयाँ गठवन्धन गर्न पुगेका थिए । आईतवार दिनभरी र राती सम्मको प्रयासपछि एमाले पुरानो गठवन्धन तोडेर नयाँ गठवन्धन वनाउन सफल भएको छ । करिव १ वर्ष पछि एमालेले सरकारमा कमव्याक गरेको छ भने काँग्रेस प्रतिपक्षमा पुगेको छ ।
२०७९ सालको निर्वाचनमा गठवन्धन गरेर चुनाव लडेका र यो गठवन्धनलाई ५ वर्ष सम्म टिकाउने घोषणा गरेका प्रधानमन्त्री प्रचण्डले आफ्नो वाचालाई तोडेका छन् । काँग्रेसले प्रचण्डलाई धोकेवाजको संज्ञा समेत दिएको छ । प्रधानमन्त्री प्रचण्डले बाम एकताका लागि एमालेसंगको गठवन्धन गरिएको प्रतिक्रिया दिएका छन् । एकदिनमै नेपालको राजनितीमा एकाएक परिवर्तन आएपछि राजनितीमा संभव असंभव जहिलेपनि हुनेरहेछ भन्ने कुरा प्रमाणित गरिदिएको छ । यसै विच आज नयाँ सत्ता गठवन्धनका दलहरुका तर्फवाट ३ मन्त्रीले शपथ लिएका छन् । गठवन्धनको प्रमुख घटक नेकपा एमालेवाट पदम गिरी, नेकपा माओवादी केन्द्रवाट हित वहादुर तामाङ र रास्वपावाट पार्टिका उपाध्यक्ष डोल प्रसाद अर्यालले विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका हुन् । उनिहरुलाई शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । जनता समाजवादी पार्टि लगायत अन्य दलवाट आजको मन्त्री मण्डलमा सहभागिता रहेको छैन । सवै मन्त्रालयहरुको जिम्वेवारी प्रधानमन्त्री प्रचण्डले राखेका छन् । श्रोतका अनुसार नेकपा एमाले र नेकपा माओवादी विच सूरुको २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र त्यसपछिको २ वर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री वन्ने सहमति भएको छ । अस्थिर राजनितीका विच परिवर्तन भईरहेका दलहरु विचका गठवन्धनहरु कति लामो समय सम्म जाने हुन् एकीन भने छैन । नेपाली काँग्रेस र माओवादी विचको गठवन्धन एक वर्ष पुग्दा नपुग्दै परिवर्तन भएको छ भने नेकपा एमाले संगको माओवादीको गठवन्धन पनि लामोे समय जाने कुरामा कतिपयले आशंका ब्यक्त गरेका छन् । यो नयाँ गठवन्धन कति लामो समय जाला त्यो त समयलेनै वताउनेछ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।