पोखरा कार्तिक २६,
कास्की प्रहरीले पोखराका विभिन्न ठाँउवाट तिहारलाई लक्षीत गरेर बिक्रिी वितरणबा लागि ल्याइृएका पटाका, जुाव खेल्न प्रयोग हुने सामग्री नियन्त्रणमा लिएको शजो पोखरामा पत्रकार सम्मेलन गरि जनाएको छ । पत्रकार सम्ममेलनमा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक खड्ग वहादुर विकले जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा विभिन्न स्थानबाट समाजमा आतंङ्क मच्चाउने ध्वनी प्रदुषण गर्ने खालका पटका, आतसवाजीहरु , नियन्त्रणमा लिएको वताए । यसरी नियन्त्रण लिएका सामानहरुमा प्याङ्गुईन कोव्रा खुर्सानी बम ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानि बम ४७ प्याकेट, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोली बम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे ८० प्याकेट, एटम बम ४१४ वटा, डबल बम १० वटा, गमला बम १७ वटा, २५ चक्र बम २५ वटा, खुर्सानी बम(९८ सेट २७४४ पिस०,सानो पटका( ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा० नियन्त्रणमा लिएको साथै विभिन्न स्थानबाट लंगुरबुर्जार खोरखोरेका सामाग्रीहरु ३०५ वटा गोट्टी, बाल्टी, जग, म्याट आदी रहेका छन् । ति सामागी्रीहरुलाई नियन्त्रणमा लिई नष्ट गरिएको समेत प्रहरीले जनाएको छ ।