पोखरा, जेष्ठ ३,

पोखरा ७ मासवारमा रहेको डिज्नील्याण्ड एकेडेमीमा शैक्षिक सत्र २०८० का लागि नेपाल जुनियर रेडक्रस सर्कल र डिज्नील्याण्ड बाल क्लवको नेतृत्व चयन गरिएको छ । विद्यार्थीहरुलाई मतदानको अभ्यास गराउने उदेश्यले विद्यालयका कक्षा ६ देखि १० सम्मका १८५ विद्यार्थीलाई समेटेर मतदान प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गरिएको विधालयका प्रचार्य नरेश प्रसाद बरालले जानकारी दिए । दुवै निवार्चनमा १८० विद्यार्थीले मतदान गरका थिए भने भने ५ जनाअनुपस्थित रहे । सो निर्वाचनमा नेपाल जुनियर रेडक्रस सर्कल तर्फ ७१ मत प्राप्तगर्दै कक्षा ९ की छात्रा आस्था पौडेल सभापतिमा निर्वाचित भइन । उनका निकटम प्रतिष्प्रर्धि कक्षा ९ कै छात्रा वर्षा सुनारले ४५ र श्रेया पोख्रेलले ६२ मत प्रप्त गरे भने २ मत वदर भएको थियो । उपसभापतिमा कक्षा ८ का अनुकल्प नेपाली र सचिबमा कक्षा ८ का प्रज्वल पराजुली निर्वाचित भए उनिहरुले क्रमश ७२ र ८६ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा अंकित खड्का , सह सचिबमा संस्कार बराल निर्वाचित भए । त्यस्तै सदस्यमा सागरराज पौडेल, विनम्र अधिकारी, स्निती सुवेदी,आवाश पौडेल, विदान्त सिग्देल र इसान लम्साल निर्वाचित भए ।
त्यसै गरि डिज्नील्याण्ड बाल क्लवको अध्यक्षमा ८६ मत प्राप्तगदै कक्षा ९ का मयक अधिकारी ,उपाध्यक्षमा कक्षा ८ का शिरिष पौडेल , सचिवमा कक्षा ९ का सुजल भण्डारी, कोषाध्यक्षमा कक्षा ७ की जानवी सुवेदी र सह सचिवमा कक्षा ८ की प्राप्ती पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा प्राश्ना पौडेल, अनिष ढुड्डाना, अद्युत अधिकारी, किशा श्रेष्ठ, हिमेश बराल र क्रिशिका पहारी निवाचित भएका छन् । निर्वाचन गराउनभन्दा १ हप्तापहिले देखि नै विद्यार्थीहरुलाई विभिन्न पदमा उम्मेदवारी दिन लगाईएको थियो । सो पश्चात विद्यार्थीहरुलाई प्रचार प्रसारको समय ,मतदातालाई मतदान शिक्षा र प्रक्रियाको बारेमा शिक्षा प्रदान गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रेम गिरीले बताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।