पोखरा पौष १४,
पोखरामा दोस्रो अन्तराष्ट्रिय ड्रागन वोट रेस फेष्टिवल सुरु भएको छ । चिनीया, नेपाली र सिङ्गापुरका खेलाडिहरुका विच हुने उक्त ड्रागन वोट रेस फेष्टिवलको उद्धघाटन युवा तथा खेलकुद मन्त्री तेजुलाद चौधरीले फेवातालको किानरमा आयोजित एक कार्यक्रमका विच गरेका थिए । सो अवसरमा मन्त्री चौधरीले पोखरामा अन्तराष्ट्रिय स्तरको ड्रागन वोट रेस फेष्टिवल हुँदा यसले खेलकुद तथा पर्यटनको क्षेत्रमा महत्वपूर्णयोगदान दिएको वताए । ड्रागन वोट रेस फेष्टिवललाई महत्व दिएर चिनले नोपलको खेलकुदको विकासमा सहयोग गरेको मन्त्री चौधरीले वताए ।
उद्धघाटन कार्यक्रममा गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री विन्दु कुमार थापा, पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, लगायतले ड्रागन वोट रेस फेष्टिवलको महत्व र यसले पोखराको पर्यटन प्रर्वधनमा दिएको महत्वपूर्ण भूमिकको प्रशंसा गरेका थिए । गण्डकी प्रदेश, पोखरा महानगरपालिका, नेपाल स्थित चिनिया राजदूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र ओभरसिज चाइनिज एसोसिएसन पोखराको सह आयोजनामा भएकोे प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ समूह, चिन स्थित विभिन्न प्रान्तबाट प्रतिनिधित्व गर्ने ८ समूह र « सिङ्गापुरको १ समूह गरी कुल २० समूहहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा आइतबार २०० मि. र ५०० मिटर तर्फ पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् । प्रतियोगितामा सोमबार सेमिफाइनल र फाइनल चरणका खेलहरू हुनेछन् । प्रतियोगिताको विजेताले अमेरिकी डलर ५ हजार, दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १ हजार २ सय डलर पुरस्कार पाउनेछन् । सहभागी अन्य टिमहरूलाई प्रोत्साहन स्वरूप ५ सय डलर प्रदान गरिनेछ ।