पोखरा मंसीर ११,
पोखरा १२ स्थित ढिकालेथर आमा समुहको शनिवार सम्पन्न ११औ साधारणसभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा शोभा आचार्यलाई सर्वसम्मत चयन गरेको छ ।
समुहको उपाध्यक्षमा अञ्जु श्रेष्ठ, सचिवमा सिता दहाल र कोषाध्यक्षमा लक्ष्मी बस्नेत छानिएका छन् ।
तेस्तै समुहको सदस्यहरुमा सरस्वती कार्की, चन्द्रा आचार्य,तिलकुमारी के सी, सिता आचार्य,बिमला आचार्य,सन्ध्या के सी र पार्वती के सी चुनिएका छन्।
अधिवेशनको उद्घाटन गर्दै वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोलाले ढिकालेथर आमा समूहले समाजमा उदाहरणीय कामहरु गरेको भन्दै आमा समूहले गर्ने सबैखालका समाजिक कार्यहरुमा वडा कार्यालयबाट हातेमालो गर्दै सहयोग गर्ने वताए । कार्यक्रममा ढिकालेथर सेवा समाजका अध्यक्ष गुप्त बहादुर कार्की, ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष सृजना सिग्देल, जय टोल बिकाश समिती की अध्यक्ष इन्दिरा पन्त लगायकता वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
ढिकालेथर आमा समुहकी अध्यक्ष शान्ति आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सिता दहालले गरेकी थिईन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।