पोखरा कार्तिक ११,
पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टिको १० औ महाधिधवेसन पछि पार्टिका नेता कार्यकर्ता उत्साहित भएको वताएका छन् । महाधिवेसनले सर्वसम्मत रुपमा समाजवादी क्रान्तिको कार्यदिशा पारित गरेपछि पार्टिमा आकर्षण वढेको नेपालले वताए । नेकपा एकिकृत समाजवादीको गण्डकी प्रदेश कमिटीको १० औ पूर्ण वैैठकलाई पोखरामा संवोधन गर्दै अध्यक्ष नेपालले महाधिवेसन पछि गरिएका सन्देश सभाहरुमा उत्साह पूर्ण सहभागिता रहेको र उदयपुरमा १०००, सप्तरीमा ५०० जना भन्दा वढि मानिसहरु आफ्नो पार्टिमा प्रवेश गरेको र कपिलवस्तुमा पार्टि प्रवेशका लागि मानिसहरु ईच्छुक रहेकोले छिट्टै पार्टि प्रवेशको कार्यक्रम रहेको वताए । नेकपा एकिकृत समाजवादी पार्टि एमालेमा मिल्ने भन्ने कुरा हावादारी भएको र आफ्नो पार्टिवाट एमालेमा प्रवेश गर्ने कुरा पनि हल्ला मात्रै भएको वताउदै अध्यक्ष नेपालले तत्काल नेकपा एकिकृत समाजवादीको कुनै पनि पार्टि संग एकिकरण नहुने वताए । नेकपा माओवादी केन्द्र संग पनि पार्टि एकताको कुनै पनि संभावना छैन आज एकता गर्ने भोली पछुताउने काम आफुहरुले नगर्ने भन्दै नेकपा एमालेसंग पार्टि एकता हुन्छकी भन्ने भ्रममा नपर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टि एकता गरौ भनेर आउने दलहरुलाई विचारमा छलफल गरौ र सहकार्य गरौ भनेका छौ अध्यक्ष नेपालले भने । मदन भण्डारी पछि जवजको स्वामित्व आफुने लिने भन्दै अध्यक्ष नेपालले जुनसुकै समाजमा पनि वर्ग हुने र वर्ग विच प्रतिष्पर्धा हुने कुरा उत्कृष्ट भएको भन्दै जवज लाई आफ्नो पार्टिले नछाडेकोले जवजको विरोध गर्न नहुने वताए ।
एमाले अध्यक्ष ओली तर्फ ईङ्गित गर्दै नेपालले नेपालको कम्युनिष्ट पार्टिले प्राप्त गरेको जनताको मत एउटा ब्यक्तिको कारण गुमेको र एकतावद्ध भएको नेपालको कम्युनिष्ट आन्दोलन छिन्न भिन्न हुन पुगेकोे वताए । गोर्भाचोभ र वोरिस एल्सिनको कारण रुसको कम्युनिष्ट आन्दोलन समाप्त भएजस्तै गलत निती लिदाको परिणाम नमिठो हुने नेपालले वताए । नेकपा एमालेले मुद्धा मामिला चलेको मानिससंग ११ ÷११ रोपनी जग्गा लिएर गल्ति गरेको अध्यक्ष नेपालले वताए । कार्यकर्ताहरुलार्ई निरास नहुन, हिनता वोध नगर्न र पार्टिको निती र सिदान्तको वारेमा जनतालाई वुझाउन र पार्टि काममा लागि रहन निर्देशन दिदै नेपालका कम्युनिष्ट पार्टिहरुमा हरेक हिसावले नेकपा एकिकृत समाजवादी उत्कृष्ठ रहेकाले आफ्नो पार्टि सफल भएरै छाड्ने वताए । सरकारले जनतालार्ई डेलिभरी दिन नसकेकाले नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी लगायतका दलहरुले प्रधानमनत्रीको ध्यानाकषण गराएको अध्यक्ष नेपालले वताए ।
नेकपा एकिृत समाजवादीका सचिव एवं गण्डकीका अध्यक्ष श्रीनाथ वरालको अध्यक्षतामा भएको वैठकमा ११ वटै जिल्ला र पोखरा महानगर कमिटीका अध्यक्षहरुले आफ्नो जिल्लाको पार्टि कामको वारेमा रिपोटिङ गरेका थिए । वैठकमा पोलिटव्यूरो सदस्य एवं पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, पोलिटव्यूरो सदस्य दिल कुमारी पन्त, विजय गुरुङ, केन्द्रिय सदस्यहरु कृष्ण नेपाली र मोति पौडेल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
![](https://fewapostkhabar.com/wp-content/uploads/2024/10/464790890_512316648448533_2540439780264501780_n-1-1024x683.jpg)
![](https://fewapostkhabar.com/wp-content/uploads/2024/10/464776026_512319375114927_1587384958179389535_n-1024x683.jpg)