पोखरा भाद्र १३,
नेपाली नारीहरुको चाड हरितालिका तिज पर्वको अवसरमा तडकभडक सहितका भड्किला कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । पछिल्ला समयमा तिजको अवसर पारेर चर्चिला र भड्किला कार्यक्रम गर्ने, गर गहना प्रदर्शन गर्ने, भोज भतेरका नाममा विभिन्न होटल तथा पार्टि प्यालेसहरुमा मदिरा सहितका भोज भतेरहरु गर्ने खालका विकृतिहरु वढेको भन्दै आलोचना भईरहेका वेला जिल्ला प्रशासन कार्यालय कासकीले मंगलवार एक सूचना जारी गर्दै तिजको अवसरमा आफ्नो पंरपरा र सामाजिक रिती रिभाजलाई निरन्तरता दिने तथा संवद्धन गर्ने बाहेक अन्य कुनै खालका खर्चिला र भड्किला कार्यक्रम नगर्न र नगराउन जिल्लावासीहरुमा आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वाशुदेव धिमिरेद्धारा जारी सूचनामा विगत केही वर्ष यता हरितालिका तिजका नाममा विभिन्न तडकभडक सहितका अत्यन्तै खर्चिला र भड्किला कार्यक्रम गर्ने गरेको पाईएको र त्यस्ता कार्यक्रमले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रत्साहान पुगेको देखिएकाले यस्ता कार्यहरुलाई रोकी सामाजिक अनुसाशन कायम गर्न सवैलालाई सूचना मार्फत अनुरोध गरिएको छ ।
तिजको अवसरमा सार्वजनिक स्थल र पार्टिप्यालेसमा रकम संकलन गर्ने उदेश्यले भेला महोत्सवहरु जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति विना नगर्न समेत सूचनामा भनिएको छ । सामाजिक व्यवाहार सुधार ऐन २०३३ र अन्य प्रचलित कानूनहरुको विपरित हुनेगरि कोही कसैले यस्ता गतिविधि, जात्रा,मेला महोत्सव र पार्टि नगर्न नगराउन र यदी जिल्ला प्रशासनको सूचना विपरित गराएमा प्रचलित कानून अनुसार कारवाही हुने जनाईएको छ । सामाजिक अनुशासन कायम गर्ने यस काममा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले राजनितीक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, सञ्चार कर्मी, महिला सञ्जाल तथा सम्पूर्ण जिल्ला वासीहरुमा अनुरोध गरेको छ ।
![](http://fewapostkhabar.com/wp-content/uploads/2023/08/371355444_3739498416369333_7304239137429990578_n.jpg)