पोखरा, वैशाख ९,
नेपाल कम्युनिष्ट पार्टिको ७५ औ स्थापना दिवसको अवसरमा मुलुकमा रहेका कम्युनिष्ट पार्टिहरुले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लगायत ५ जनाले भारतको दरभंगामा नेपाल कम्युनिष्ट पार्टिको स्थापना गरेका थिए । २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टिमा बिगत देखि हाल सम्म पनि टुट, फुट र एकताका श्रीङ्खलाहरु चलिरहेका छन् । हाल नेपालमा दर्जन भन्दा वढि कम्युनिष्ट पार्टिहरु अस्तित्वमा रहेका छन् ।
कम्युनिष्ट पार्टि स्थापनाको दिन अर्थात २२ अप्रीलका अवसरमा नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कास्कीले पोखरामा अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । सो कार्यक्रमलाई संवोधन गदैृ नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा गण्डकी प्रदेशका ईञ्चार्ज केशवलाल श्रेष्ठले २००६ सालमा कम्युनिष्ट पार्टि स्थापना भएदेखि हाल सम्म नेपालको कम्युनिष्ट आन्दोलनमा आएको उतारचढावको वारेमा चर्चा गर्दै नेपालमा पुष्पलाल पछि मदन भण्डारीले नेपाली परिवेसको कम्युनिष्ट दर्शन जनताको बहुदलीय जनवादी सिदान्तको प्रतिपादन गरेर क्याडरवेस पार्टि नेकपा एमालेलाई मासवेस पार्टि वनाएपछि नेकपा एमालेले अभूतपूर्व सफलता प्राप्त गरेको वताए । नेकपा एमाले निर्माणमा आफुहरुको पनि कम योगदान नरहेको वताउदै श्रेष्ठले मदन भण्डारीको हत्यापछि माधव नेपालले पार्टिको नेतृत्व समालेर २०५१ को निर्वाचनमा एमालेलाई मुलुककै ठुलो पार्टि वनाएको वताए । २०७४ सालमा नेकपा माओवादी सहितको कार्यगत एकता गरेर चुनाव लड्दा झण्डै दुई तिहाई मत आएको वताउदै २०७९ सालको निर्वाचनमा कम्युनिष्टहरु विभाजित वन्दा बहुमत समेत नआएको यथार्थता औल्याउदै श्रेष्ठले नेपालमा कम्युनिष्टपार्टिहरु विचको आवश्यकता आज पनि उत्तिकै रहेको वताए । २०७५ साल जेष्ठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच ७ वँुदे सहमतिका आधारमा एकता भएर नेकपा भएको वताउदै एमाले अध्यक्ष ओलीले ७ वुदे सहमति उल्लङ्घन गरेका कारण नेकपा विभाजित भएको श्रेष्ठले वताए । देशी विदेशी प्रतिक्रियावादीहरु नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस गर्न लागेको वेला केपि ओली उनिहरुकै मतियार भएको आरोप लगाए । केपि ओलीले दुई तिहाईको प्रधानमन्त्री हुँदा र पार्टि अध्यक्ष समेत हुँदा पार्टिलाई एकतावद्ध वनाउनुको साटो नेकपा बिभाजन गरेकाले इतिहाँशमा मूल्याङ्कन हुने श्रेष्ठले वताए । आज पनि मुलुकमा वामपन्थी एकताको खाँचो रहेको भन्दै श्रेष्ठले नेकपा एकिकृत समाजवादीले मुलुकभरीका बामपन्थी पार्टिहरुलाई एकतावद्ध पार्नेे वताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य शारदा प्रसाद सुवेदीले नेपालका कम्युनिष्ट पार्टिहरुमा वैचारिक विचलन आएको वताए । के कारणले र किन पुष्पलालले कम्युनिष्ट पाटिीको स्थापना गरेका थिए भन्दै आज कम्युनिष्ट पार्टिहरुमा स्थापना हुँदाको वखतको लक्ष र उदेश्यमा आमुल परिवर्तन आएको वताए । कम्युनिष्ट पार्टिका कार्यकर्ताहरुले माक्सवाद,द्धन्दात्मक भौतिकवाद र कम्युनिष्ट घोषणपत्र अध्ययन गर्नुपर्ने उनले वताए । कम्युनिष्ट पार्टिका कार्यकर्ताहरु कसैको दास हुन नसक्ने भन्दै कम्युनिष्टहरुले स्वाभिमान वेच्न नहुने वताए । आफुहरुले गण्डकीमा निरकुंश व्वस्थाको दवदवा हुँदाको समयमा केही नगन्य ब्यक्तिहरुको सम्पर्कवाट पार्टि निर्माण गरेको प्रसंग सुनाउदै सुवेदीले नेकपा एकिकृत समाजवादी पार्टि निर्माणमा आफुहरुले सफलता पा्रप्त गर्ने वताए ।
अर्का वक्ता नेकपा एकिकृत समाजवादीका पेलिटव्यूरो सदस्य श्रीनाथ वरालले २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य नरवहादुर कर्माचार्य लगायत ५ जनाले भारतको दरभंगावाट नेपाल कम्युनिष्ट पाटिर्को स्थापना गरेको वताए । नेपालका बामपन्थी पार्टिहरुमा विभिन्न समयमा टुटफुट हुने गरेको वताउदै कम्युनिष्ट पार्टिका समर्थकहरुको चाहाना वमोजिम नेपालमा एउटै कम्युनिष्ट पार्टिको आवश्यकता वरालले औल्याए । नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पूर्ण लामा र सञ्चालन उप सचिव डिवी राईले गरेका थिए । कार्यक्रमका अवसरमा पोखरा महानगरपालिका वडा नं ६ वाट नेकपा एमालेका कार्यकर्ताहरु अमन पौडेल, सुविन पौडेल, आयुष तिमिल्सिना, रोशन थापामगर, रोशन जलारी, राजन केसी, फिरोज पाहारी, सन्देश परियार, साईरस सिंङ, कपिल परियार आयुस थापा, विजय भट्टराई, पुष्प अधिकारी र पोखरा १६ का गौरी अधिकारी वास्तोला नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । उनहरुलाई प्रमुख अतिथी श्रेष्ठले अविर लगाएर पार्टि प्रवेश गराएका थिए ।
