पोखरा भाद्र ८,
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । स्व. गौतमको दोस्रो स्मृृति दिवस असोज २ गते का अवसरमा यो पुरस्कारका साथै दुई प्रतिष्ठित ब्यक्तित्व – गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई प्रशंसापत्र प्रदान गरिने छ ।
‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ वाट पुरस्कृत हुन लागेका श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर पत्रकारितामा क्रियासिल रहेका छन् । निरंकुश पञ्चायति व्यवस्थाको अन्त्यका लगि जनपक्षीय पत्रकारिता गरेका श्रेष्ठ लोकतन्त्र प्राप्तीका लागि कठिन अवस्थामा ज्यानको वाजी लगाएर पत्रकारितामा क्रियाासिल ब्यक्ति हुन् । श्रेष्ठ सम्पादक रहेको दृष्टि साप्ताहिक पञ्चायती व्यवस्थाको समयमा पनि अत्यन्तै चर्चित पत्रिका मानिन्थ्यो । पञ्चायति व्यवस्थाको अन्त्यका लागि दृष्टि साप्ताहिकले जनमत निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष श्रेष्ठ गोरखापत्र संस्थानको महाप्रवन्धक भईसकेका छन् । समाजवादी प्रेस संगठन नेपालका संस्थापक अध्यक्ष रहेका श्रेष्ठ नेपालको वामपन्थी धारका अग्रज तथा पत्रकारका नेता समेत हुन् ।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको राशि रु.एक लाख रहेको छ । प्रशंसापत्रका साथ जनही पचास हजार रुपियाँवाट गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई सम्मान गरिने छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।