पोखरा, जेष्ठ २,
राज्यको उच्च पदस्थ तथा राज्य संयन्त्रको तालाचावी दिएका ब्यक्तिहरुनैै नेपाली नागरिकलाई भुटानी शरणार्थी वनाएर वेच्ने मानव तस्करीमा संलग्न भएपछि मुलुक एकाएक तरङ्गित भएको छ । राज्यको जिम्वेवार गृह प्रशासन चलाउने गृह मन्त्री तथा गृह सचिवहरुनै पैसाको लागि मानव तस्करीमा संलग्न हुनु मुलुकककै लागि लज्जाको विषय हो भने त्यस्ता अपराधीहरुलाई उनिहरु भन्दा उपल्लो तहका नेताहरुनै संरक्षण गर्नमा यो वा त्यो कोणले लाग्दा कतै उनिहरुको पनि यो प्रकरणमा संलग्नता त छैन भन्ने आशंका उव्जाएको छ । पूर्व गृहमन्त्री, पूर्व उप प्रधानमन्त्री, गृह मन्त्रालयको सचिवको जिम्वेवारी समालिसकेका तथा सरकारका वहालवाल सचिवहरुनै यो प्रकरणमा मुछिएपछि उनिहरुले यति ठूलो अपराध आफुहरुले मात्रै गरेका छैनन् अझै उच्च तहका नेताहरु पनि यो प्रकरणमा संलग्न छन् भन्ने कुरा वाहिर आईरहेका छन् । उच्च राजनितीक नेतृत्व तथा तिनका परिवार यो प्रकरणमा मुछिने भएपछि यो प्रकरणलाई यसै तुहाईने त हैन भनेर नागरिक समाजले मुलुकभरी दवाव श्रीजना गरेको छ ।
नक्कली भुटानी शरणर्थी प्रकरणलाई टुङ्गोमा पु¥याउन र यो प्रकरणको जरो सम्म पुगेर अनुसन्धान गर्न दवाव दिदै नागरिक समाजले दिनहूँ जसो काठमाण्डौमा प्रदर्शन गरेको छ भने मुलुकका अन्य विभिन्न शहरहरुमा विरोध प्रदर्शन तथा दवामुलक कार्यक्रमहरु गरिएका छन् । काठमाण्डौमा मात्रै हैन पोखरा, विराटनगर, वुटवल, झापा, नेपालगंज लगायतका प्रमुख शहरहरुमा पनि नक्कली भुटानी शरणर्थी प्रकरणका मूल योजनाकार तथा सवै मतियारहरुलाई कानूको कठघरामा ल्याउन दवाव दिदै दिनहूँजसो विरोध प्रदर्शन भएका छन् । राजनतिीक दलहरु समेत यो प्रकरणमा सडमा आएका छन् । यसै क्रममा पोखरामा पनि दवावमुलक कार्यक्रमहरु गरिएका छन् । आईतवार नागरिक समाज पोखराले शहिदचोकमा प्लेकार्ड सहित नक्कली भुटानी शरणष्र्थीलाई कारवाहीको माग गर्दै धर्ना दिएको छ । धर्नामा सहभागिहरुले भ्रष्ट्राचारका मतियार खवरदार, भि आइ पि भ्रष्ट्रचारीहरु छि..छि…छि.. लगायतका नारा लेखिएक प्लेकार्ड वोकेका थिए । त्यसै गरि विहिवार नेकपा एकिकृत समाजवादी निकट मोर्चा संगठनहरुले पोखरामा विरोध प्रदर्शन गरेका थिए । शुक्रवार पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टि कास्कीले विरोध कार्यक्रम गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न माग गर्दै सो पार्टिले नारावाजी सहित पोखरा नगरको पक्रिमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाउदै धर्ना दिएको थियो । त्यसै गरि शनिवार पोखरामा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा साहित्यकारहरुले गित तथा कविताका माद्यमवाट विरोध गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।