पोखरा ,चैत्र २३,
पर्यटन क्षेत्र सुस्ताएको र अपठ्यारो अवस्थावाट गुज्रिएको अवस्थामा यसलाई केही मात्रामा भएपनि चलायमान वनाउन सकिने उदेश्यले होटल संघ पोखराले नयाँ वर्ष २०८० को अवसरमा पोखराको लेकसाईड क्षेत्रमा फेवा नववर्ष महोत्सव आयोजना गर्ने भएको छ । पोखराको फिष्टेल गेट देखि हल्लनचोक सम्मको साढे दुई किलोमिटर क्षेत्रमा यही चैत्र २९,३० र वैशाख १ गते सम्म महोत्सवको आयोजना हुन लागेको वुधवार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा होटलसंघ पोखराका अध्यक्ष लक्षमण सुवेदीले जनाकारी दिए । कोभिड १९को नकारात्कम प्रभावका कारण अझैपनि अपठ्यारो अवस्थावाट गुज्रेको पर्यटन क्षेत्र केही मत्थर हुने र लय समात्ने अपेक्षा गरिएको र सोही अनुसार सकारत्मकता तर्फ गएको परिपेक्षमा पोखरामा भएको यति एयरलाईन्सको जहाज दुर्घट्ना तथा पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्तीले गर्दा पर्यटन क्षेत्रमा प्रत्यक्ष असर गरेको अध्यक्ष सुवेदीले वताए । यही समयमा वैक तथा वित्तिय संस्थाका तर्फवाट एकलौटी रुपमा वढाइएको व्याजदरका कारण होटल क्षेत्र उकुसमुकुसको अवस्थावाट गुज्रनु परेको दुखेको सुवेदीले पत्रकार सममेलनमा पोखे । हालको सिजनमा पोखराका होटलहरुमा ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा २० प्रतिशत मात्रै पर्यटक रहनु दुभाग्यपूर्ण भएको सुवेदीले वताए । थला परेको पर्यटन क्षेत्रलार्ई पुर्नउत्थान गर्दै आन्तिरिक तथा वाह्य पर्यटनलाई प्रवर्धन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको सुवेदीले वताए ।
नेपाली नयाँ वर्ष २०८०लाई राष्ट्रिय तथा अज्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरि हर्सोल्लासका साथ मनाउदै गण्डकी प्रदेशको पर्यटन प्रवर्ध गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको सो अवसरमा वताईयो महोत्सवमा खानाका विभिन्न परिकारहरु, ख्यातीप्रप्त कलाकारहरुको गायन प्रस्तुती, सांस्कृतिक झाँकी, प्रत्यक्ष संगित लगायत रहने सो अवसरमा जानकारी गराईयो । उद्धघाटनका दिन हल्लनचोक देखि उद्धघाटन स्थल सम्म सांस्कृतिक भलाँकी ¥याली निकालिने छ । महोत्सवलाई लक्षीत गरि संघले संघ अन्तरगतका होटलहरुमा महोत्सव अवधि सम्मका लागि २० प्रतिशत छुट दिने अध्यक्ष सुवेदीले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।