पोखरा, जेष्ठ ७,

गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र व्यवस्थापन सम्बन्धी १ दिवसीय गोष्ठी शनिवार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमूख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतको शान्ति सु–व्यवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान साथै प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउने विषयमा छलफल भएको थियो ।
नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेश , गण्डकी प्रदेश प्रहरी गण पोखरा, विशेष सुरक्षा प्रहरी गण तनहु, प्रदेश मातहतका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र विपद् व्यबस्थापन गुल्म बाग्लुङका प्रहरी प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त गोष्ठीमा कार्यलयका प्रमुखहरुले आ–आफ्नो जिल्ला तथा कार्यालयमा भईरहको प्रहरी गतिविधि, स्रोत साधन व्यवस्थापन र जिल्लागत शान्ति सुरक्षा,अपराध अनुसन्धान तथा नियन्त्रण र व्यवस्थापन सम्बन्धमा प्रस्तुतिकरण राखेका थिए । कार्यक्रममा प्रहरीले सम्पादन गरीरहेको बिषय तथा गण्डकी प्रदेश प्रहरी कार्यालयले सुरु गरेको ग्रामीण गस्ती, लघू सचेतनामुलक कार्यक्रम, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन र प्रहरीका कमजोरी र सुधारका विषयमा अन्तरक्रिया गरिएको थियो ।
गोष्ठीमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रहरी आम नागरिकको आस्था र विश्वासको केन्द्र भएकाले उक्त विश्वासलाई कायम राख्न प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको सर्वोपरी हितलाई मध्यनजर गर्दै उच्च आचरणयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी कार्य सम्पादन गनुपर्ने वताएका थिए । अपराध नियन्त्रण तथा अनुसन्धानमा सूचना संकलनको कार्य गुणस्तरिय तथा भरपर्दो हुनुपर्ने वताउदै अनुसन्धान समेत तथ्यपरक एवं नतिजामुलक हुनुपर्ने मा प्रहरी सचेत रहनुपर्ने वताए । कुनै पनि घटनामा समयमै प्रहरीको उपस्थिती होस् भन्ने आम नागरिकको अपेक्षा सम्बोधनका लागि थप तदारुकताका साथ कार्ययोजना सहित अघि वढ्न समेत नायव महानिरिक्षक गुरुङले मातहतका प्रहरीहरुलाई निर्देशन दिएका थिए । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सम्पुर्ण शाखाका शाखा प्रमूखहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।