पोखरा माघ १७,
पोखरा महानगरपालिका वडा नं ६ , खहरे स्थित एक घरको ५ तले लिफ्टवाट खसेर ईन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको छ । माघ १६ गते पोखरा म.न.पा. वडा नं. ६ खहरे चोक स्थित चिनिमाया भण्डारीको बन्दै गरेको निर्माणधिन घरको तातो पानीको सर्बे गर्ने क्रममा करिव १.३० वजेतिर उक्त घरको ५ औँ तलाको लिफ्टबाट भट्टराई अचानक खसेका थिए । लिफ्टवाट खसी गम्भिर घाईते भएका भट्टराईलार्ई तत्कालै उपचारको लागी गण्डकी मेडिकल कलेज ल्याएकोमा २.२७ बजे उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालयले वैदामले जनाएको छ । पोखरा म.न.पा.८ रत्नचोक बस्ने ३७ वर्षका ई.प्रबिण भट्टराई पोखरा महानगरपालिकाको न्युरोडमा रहेको मुक्ति ईनर्जी प्रा.लि.को ईन्जिनियर रहेको समेत प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।