पोखरा, मंसीर २
मंसीर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मौन अवधि मंसीर १ गते राती १२ वजेवाट सुरु भएको छ । मतदानको दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतदानको दिन सम्म मौन अवधि कायम रहन्छ । मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन , जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन पाईदैन । राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्न पाईदैन । त्यसै गरि उमेद्धवारको पक्ष विपक्षमा कुनै प्रकारका प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि पाईदैन । निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा राख्न नपाईने, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न समेत नपार्यने आचारसंहितामा उल्लेख गरिएको छ ।
त्यसै गरि मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केुतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु नपाईने र लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिने निर्वाचन आयोगले जनाएको छ ।
। मौन अवधिमा आचारसंहिता विपरितका कार्य गरेमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा व्यवस्था रहेको आयोगले जनाएको छ । आचारसंहिता उल्लङघन गरेको पाईएमा आयोगले उमेद्धवारी रद्ध सम्म गर्न सक्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।