पोखरा ,पौष २,
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार प्रदेश सभा सदस्य निर्वाचनकोप्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने व्यवस्था अनुसार आज ७ वटै प्रदेश प्रमुखहरुलाई वुझाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिव सहितको टोलीले सबै प्रदेशका राजधानी स्थित प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
यसै विच गण्डकी प्रदेशको प्रतिवेदन निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौड्यालले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई वुझाएका छन् । प्रतिवेदन बुझाउन प्रदेश नं. १ मा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा जानकी कुमारी तुलाधर, मधेस प्रदेशमा आयुक्त सुगन शम्शेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।