पोखरा वैशाख ८,
गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उमेद्धवार वनेका तर हाल सम्मपनि निर्वाचनको खर्च विवरण नवुझाउने उमेद्धवारहरुलाई प्रदेश निर्वाचन कार्यालय गण्डकीले ७ दिने स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी हुमनाथ पौडेलले यही वैशाख ७ गते एक सूचना प्रकाशित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन एन २०७४ को दफा ७२ को उप दफा ४ र प्रदेश सभा निर्वाचन ऐन को सोही दफा र उपदफा अन्तर्गत उमेद्धवारहरु तथा तिनका प्रतिनिधिहरुलाई लाई निर्वाचन खर्चको विवरण ७ दिन भित्र निर्वाचन आयोग तथा आयोगले तोकेका कार्यालमा गई वुझाउन आग्रह गरेका छन् ।
निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र प्रत्येक उमेद्धवारले आफुले आफु उमेद्धवार भएको निर्वाचन क्षेत्रमा आफुले गरेको निर्वाचन खर्चको विवरण ३५ दिन भित्र वुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ । हाल सम्म निर्वाचन खर्च नवुझाएकालार्ई निर्वाचन आयोग ऐन २०७३को दफा २६ वमोजिम तपाईलाई किन कारवाही हुनु नपर्ने हो सो सम्वन्धमा निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उप दफा ४ वमोजिम आफ्नो सफाई सहितको स्पष्टिकरण ७ दिन भित्र पेस गर्न भनि निर्वाचन अधिकारी पैडेलद्धारा प्रकाशित सूचनामा जनाईएको छ । साथै निर्वाचन आयोगमा खर्चको विवरण पेस गर्ने उमेद्धवारहरुले आफ्नो निर्वाचन खर्चको विवरण आफ्नो वेवसार्ईड, पत्रकार सम्मेलन, सामाजिक सञ्जाल वा अन्य कुनै माद्यमवाट सार्वजनिक गरि यथासक्य छिटो निर्वाचन कार्यालयमा जानकारी दिन समेत सूचनामा भनिएको छ ।