पोखरा माघ १३,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकी प्रदेशको अध्यक्षमा श्रीनाथ वराल मनोनित भएका छन् । कास्कीको वामपन्थी आन्दोलनमा लामो समय देखि क्रियासिल रहेका वराल यस अगाडि नेकपा एकिकृत समाजवादी गण्डकीको कार्यवहाक अध्यक्ष रहेका थिए । नेकपा एकिकृत समाजवादीको सचिवालय वैठकले वराललाई अध्यक्षमा मनोनित गरेको हो । नेकपाको केन्द्रिय सदस्य हुदै नेकपा एकिकृत समाजवादीको पोलिटव्यूरो सदस्य रहेका वराल नेकपा एकिकृत समाजवादी गण्डकीको उपाध्यक्ष र करिव १ वर्ष देखि कार्यवहाक अध्यक्षको जिम्वेवारीमा रहेका थिए । २०५४ सालमा कास्की जिल्ला विकास समितिको उप सभापतिमा निर्वाचित वराल गत वर्ष सम्पन्न भएको निर्वाचनमा कास्की क्षेत्र नं २ वाट प्रतिनिधि समामा चुनाव लडेका थिए ।
शुक्रबार सम्पन्न सो पार्टिको वैठकले अन्य ४ वटा महत्वपूर्ण निर्णय गरेको पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न वैठकले लम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम प्रसाद पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ ।
त्यस्तै गण्डकी प्रदेश कमिटका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी तोकिएको छ
वैठकले लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुको राजीनामा स्वीकृत गर्दै उक्त स्थानमा अशोक कोइरालालाई चयन गर्ने निर्णय गरेको समेत खतिवडाले जानकारी दिए । यहि माघ १४÷१५ गते आह्वान गरिएको केन्द्रीय परिषद् वैठकमा खालि रहेको केन्द्रीय परिषद सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरिएको उपमहासचिव खतिवडाले वताएका छन्

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।