पोखरा पौष २५,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको प्रथम अधिवेसन माघ २६ र २७ गते पोखरामा हुने भएको छ । प्रदेश अधिवेसनको वारेमा जानकारी दिने उदेश्यले आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो पार्टिका केन्द्रिय सचिव समेत रहेका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ वरालले प्रदेश अधिवेसनको तयारी तिव्र पारिएको वताए । अधिवेसनको उद्धघाटन पोखरा सभागृहमा गरिने र अधिवेसनको उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्ने वताईयो ।
अधिवेसन सम्पन्न गर्न सो पार्टिका गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका केन्द्रिय सचिव श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । मुल आायेजक समितिका अलावा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको छ । उप समितिहरुमा अध्यक्ष एवं केन्द्रिय सचिव श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति, पोलिटव्यूरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जन परिचालन उप समिति, केन्द्रिय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप समिति, केन्द्रिय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उप समिति रहेका छन् । त्यसै गरि केन्द्रिय सदस्य शर्मिला देवी पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गण्डकी प्रदेश प्रचार विभाग प्रमुख नवराज सुवेदीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, कास्की जिल्ला अध्यक्ष खड्ग हमालको संयोजकत्वमा खाना खाजा क्यवस्थापन उपसमिति, केन्द्रिय लेखा आयोगका सदस्य उदय सुवेदीको संयोजकत्वमा निर्वाचन उप समिति, पोखरा महानगर कमिटीका अध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उप समिति , पर्वत जिल्ला अध्यक्ष ठाकुर शर्माको संयोजकत्वमा स्वयंमसेवक परिचालन उप समिति र कास्की जिल्ला उपाध्यक्ष पूर्ण लामाको संयोजकत्वमा सांस्कृतिक उप समिति गठन गरिएको वरालले जानकारी दिए । त्यस्तै केन्द्रिय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा कार्यलय सञ्चालन उप समिती वनाईएको छ । जसको सदस्यहरुमा शर्मिला पौडेल, प्रेम प्रसाद पौडेल, खड्ग हमाल, मुक्ति पौडेल नवराज सुवेदी र ठाकुर शर्मा रहेका छन् । यो संगै सवै उप समिति हरुलाई पूर्णता दिईसकिएको छ । प्रतिनिधि छनौट माघ १६ गते हुनेछ । अधिवेसनलाई भव्य, सभ्य तथा अनुशासित रुपमा सम्पन्न गर्न विभिन्न उप समितिहरु जुटेको र अधिवेसनको तयारी तिव्र पारिएको समेत वरालले वताए ।
नेकपा एमालेवाट विभाजित भएर वनेको नेकपा एकिकृत समाजवादीले १० औ महाधिवेसन सम्पन्न गरेको र महाधिवेसनले नेपालका सवै वामपन्थी पार्टिहरुलाई उछिन्दै समाजवादी कार्यक्रम पारित गरेको दावी गरेको छ । जनवादी क्रान्तिहरुका उपलव्धीहरुको रक्षा गर्दै शान्तिपूण तरिकाले समाजवादको दिशामा अगाडि वढ्ने कार्यक्रम महाधिवेसनले परित गरेसंगै त्यसले आम कार्यक्रकर्ता पङ्तीमा उत्साह जगाएको छ भने वाम विचारमा आस्था रख्ने जनसमुदायलाई तरङ्गित वनाएको उक्त पार्टिको ठहर रहेको छ । आजको बुर्जुवा पूँजीवादी ब्यवस्थालाई समाप्त गर्दै नयाँ सामाजिक , आर्थिक ढाँचा सहितको समाजवादी लोकतन्त्र स्थापना गर्ने निती पार्टिले लिएको र यो समाजवादी लोकतन्त्र नेपाली समाजमा विकसित भएका सवै खालका लोकतन्त्रहरुको सर्वाधिक विकसित र सर्वोच्व रुप हुने पार्टिको ठहर रहेको पार्टिले जनाएको छ र
पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै सचिव वरालले आफ्नो पार्टिले महाधिवेसनवाट समाजवादी कार्यक्रम पारित गरेसंगै आफ्नो पार्टिमा जनताको आकर्षण थपिदै गएको वताए । वर्तमानामा मुलुकको अवस्था निराशातर्फ उन्मुख भईरहेको छ । व्यापार व्यवसायको क्षेत्र सन्तोषजनक नभएको, वैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य पूजी थुप्रीएको भएपनि सरकारले विश्वासिलो वतावरण वनाउन नसक्दा व्यवसायीहरुले ऋण लिएर व्यवसाय गर्न नसकेको मुलुकमा प्रयाप्त रोजगारीका अवसरहरु नभएको कारण युवा जनशक्तिको विदेश पलायन वढेको, देशमा भ्रष्ट्राचार डरलाग्दो तरिकाले वढेको र जनतामा निरासा वढेको वेला जनतामा विश्वास जगाउनु सरकारको दाईत्व भएपनि सरकार त्यो दिशामा अगाडि नवढेको वरालले वताए । गण्डकी प्रदेशको अवस्था पनि मुलकको समग्र अवस्था भन्दा पृथक नभएको भन्दै वरालले प्रदेश अधिवेसनले यो प्रदेशको आर्थिक विकास , संमृद्धि र जनताका जनजिवीका र रोजगारी सहितका विषयहरुमा छलफल गर्ने र आवश्यक निती पारित गर्ने वताए । केन्द्रिय सदस्य कृष्ण नेपालीले सञ्चालन गरेको पत्रकार भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख नवराज सुवेदीले प्रेस बिज्ञप्ती वाचन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।