पोखरा, श्रावण १५,
नेकपा एकिकृत समाजवादीको केन्द्रिय कमिटीको वैठक भदौ ५,६ र ७ गते हुने भएकोछ । यस अधि साउन २० र २१ गतेका लागि डाकिएको वैठक स्थगित गरिएको थियो । स्थायी कमिटी, पोलिट व्यूरो र केन्द्रिय समितिको नयाँ मिति तोकेको सो पार्टिका उप महासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार साउनको २० र २१ गते पार्टिको केन्द्रिय कार्यालयमा स्थायी कमिटीको वैठक हुने भएको छ । भदौ ३ र ४ गते पोलिट व्यूरोको वैटक पार्टिको केन्द्रिय कार्यालय आलोकनगरमा वस्ने भएको छ । त्यसै गरि पार्टिको केन्द्रिय समितिको वैठक भदौ ५,६ र ७ गते ललितपुरको कान्तिपुर गार्डेन ब्यङक्वेटमा हुने भएको छ । यस अधि साउन १९ गते सचिवालयको वैठक वस्ने छ ।
वैठकमा रिपोटिङ, राजनितीक प्रतिवेदन माथि छलफल, समसामयीक परिस्थिती र हाम्रो कार्यभार र विविध विषय कार्यसूचीका रुपमा रहेको समेत खतिवडाले वताए ।