पोखरा असोज १५,
नेकपा एमाले गण्डकी प्रदेश समितिको प्रथम अधिवेसन आज देखि पोखरामा सुरु हुदैछ । अधिवेसनको नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको एमाले गण्डकीद्धारा हिजो पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
अधिवेसनमा ११ जिल्लावाट ९०७ जना प्रतिनिधिहरुको सहभागिता रहने एमाले सचिव तथा गण्डकीका ईञ्चार्ज गोकर्ण विष्ठले वताए । अघिवेसनका लागि सवै भन्दा वढि कास्कीवाट १४६ जना र सवै भन्दा कम मनाङवाट १४ जना प्रतिनिधि छनौट भएका छन् । यसै गरि स्याङ्जावाट ११३,गोरखावाट ५३, वाग्लुङवाट ७२, पर्वतवाट ११०, नवलपुरवाट १०९,तनहूँवाट ८२, मुस्ताङवाट १६, लमजुङवाट ६५, म्याग्दीवाट ४२ र जनसंगठनवाट ८६ जना प्रतिनिधिहरुले अधिवेसनमा सहभागिता जनाउने भएकाछन् । ९०७ जना प्रतिनिधिहरुका लागि पोखराका २१ वटा होटलहरु वुक गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । आज पोखराको अमरसिंहचौरमा आयोजना हुने उद्धघाटन कार्यक्रमका लागि हस्पिटलचोक, औद्योगिक क्षेत्र शिवचोक, वुद्धचोक र वस पार्क ४ ठाँउमा जम्मा भएर ¥याली निकालिने एमालेले जनाएको छ ।
एमालेले गण्डकी प्रदेश अधिवेसमा सर्वसम्मत नेतृत्व चयन गर्ने वताईएको भएपनि सर्वसम्मत नेतृत्व चयन हुने संभावना देखिएको छैन । गण्डकी प्रदेशमा एमालेका उप महासचिव पृथ्वी सुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीका दुई अलग अलग गुट सार्वजनिक रुपमा देखिएका छन् । यी गुटहरु अहिलेको प्रदेश अधिवेसनमा मात्रै नभई जिल्ला जिल्लाका अधिवेसन र आम निर्वाचन तथा स्थानिय तहको निर्वाचन देखिनै देखिदै आएका थिए । हाल एमाले गण्डकीमा नेताहरु प्रष्ट रुपमा दुई गुटमा वाडिएको र दुई गुटका विचनै प्रतिष्प्रर्धा हुने संभावना वढेको छ । उप महासचिव गुरुङको तर्फवाट हालका अध्यक्ष म्याग्दीका नवराज शर्मा र अधिकारीको तर्फवाट पार्टिका केन्द्रिय सदस्य तथा लमजुङका नेता मायानाथ अधिकारी अध्यक्षको प्रतिष्प्रर्धामा रहेका छन् । गण्डकीमा गुरुङ र अधिकारीले गुट वनाईरहदा गण्डकीका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य किरण गुरुङले भने गुटवन्दीको विरोध गर्दै सामाजिक सञ्जालमा असन्तुष्ठि पोखेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।