पोखरा जेष्ठ २०,
नेकपा एमाले पोखरा महानगरकमिटीको दोस्रो अधिवेसन सुरु भएको छ । अधिवेसनको पार्टिका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शनिवार पोखरा सभागृहमा आयोजित एक कार्यक्रमका विच उद्धघाटन गरे । अधिवेसनमा आयेजक, सल्लाहाकार, वडाकमिटीवाट चुनिएर आएका प्रतिनिधि, विभिन्न जनवर्गिय संगठनवाट चुनिएर आएका प्रतिनिधिहरु गरि ४९७ जना प्रतिनिधि रहेका छन् । नेकपा एमालेको पोखरा महानगर अधिवेसनमा सर्वसम्मतको संभावना न्यून वनेको छ । नेकपा एमालेमा केन्द्रमा गुट छैन । केन्द्रमा सवै नेताहरु अध्यक्ष केपि शर्मा ओलीको छत्र छाँयामा छन् । अध्यक्ष ओलीसंग असहमत हुने र फरक मत राख्ने ब्यक्ति एमालेमा टिक्न सक्दैन । त्यसको उदारण वनिसकेका छन् धनश्याम भूषाल र भिम रावल । केन्द्रमा यस्तो अवस्था भएपनि गण्डकी प्रदेशमा भने एमालेमा चर्को गुटवन्दी देखिन्छ ।
गण्डकी प्रदेश कमिटी, प्रदेशका हरेक जिल्लाहरु तथा स्थानिय कमिटीहरुमा पनि गुटवन्दी देखा परेको छ । यो गुटवन्दी एमाले भित्रको गुटवन्दी भन्दा पनि दुई नेताका विचको ब्यक्तित्वको टकरावको कारण भएको वुझाई एमाले भित्र छ । दुई प्रभावशाली नेताहरु पार्टिका उप महासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ र स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी गुटवन्दीमा उत्रिएपछि कार्यकर्ताहरु दुवै गुटमा विभाजित वन्न वाद्य भएका छन् । गण्डकी प्रदेशको अधिवेसनमा पार्टिका उप महासचिव तथा प्रभावशाली नेता पृथ्वी सुव्वा गुरुङको प्याननले एकलौटी रुपमा जितेर अधिकारी समूहलाई क्लिन स्वीप पारेको थियो । प्रदेश अधिवेसनमा म्याग्दीका नेता नवराज शर्माको प्यानलले पदाधिकारी तथा प्राय सवै सदस्य जितेको थियो । तर गण्डकी प्रदेशको राजधानी तथा गण्डकीमा निक्कै ठूलो महत्व राख्ने कास्की जिल्लाको अधिवेसनमा खगराज अधिकारी पक्षका वैनवहादुर अधिकारी क्षेत्रीको प्यानलनै विजयी वनेर प्रदेशको क्षतीपूर्ति कास्कीले लिएको थियो ।
हाल पोखरा महानगरकमिटीको दोस्रो अधिवेसनमा कास्की जिल्लाको क्षतीपूर्ति भराउने दाउमा पृथ्वी सुव्वाको समूह रहेको छ । नगर अधिवेसनको १ महिना अगाडि देखिनै दुवै समूहका गुटका वैठक तथा भेलाहरु गरेर अधिवेसनमा एक पक्षले अर्को पक्षलार्ई हराउने रण नितीमा पिएस र खगराज समूहका केन्द्रिय स्तरका नेताहरु खटेका थिए । प्रतिनिधिहरु पनि सोही आधारमा आफ्नो समूहका आएको दुवै पक्षले दावी गरेका छन् । पोखरा महानगर कमिटीले पनि गण्डकी प्रदेशको राजनितीमा ठूलै महत्व राख्दछ । त्यसैले पोखराको नेतृत्व लिनका लागि दुवै पक्षले निक्कैनै कसरथ गरेको देखिएको छ । पोखरा महानरगर अधिवेसनलार्ई पनि पृथ्वी सुव्वा गुरुङ र खगराज अधिकारी दुवैले प्रतिष्ठाको विषय वनाएका छन् । अधिवेसनमा पृथ्वी सुव्वा गुरुङको समूहवाट अध्यक्षमा दिपक पौडेल उठ्ने भएका छन् । २०७९ सालको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको निर्वाचनमा मेयरको टिकट पाएका पौडेलको टिकट अन्तिम समयमा आएर खोसिएको थियो र टिकट कृष्ण थापाले पाएका थिए । पौडेल पृथ्वी सुव्वा गुरुङ निकट नेता हुन् भने थापा खगराज अधिकारीका विश्वासपात्र हुन् । आफ्नो भागमा परेको टिकट मनोनयनको दिन खोसिएपछि पिएस समूहले निर्वाचनामा थापालाई असहयोग गरेको आरोप लागेको थियो । उनै दिपक पौडेल महानगरकमिटीको अध्यक्षमा चुनाव लड्ने भएका छन् ।
अधिकारीको समूहवाट हालको कमिटीका सचिव जिवन आचार्य अध्यक्षमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । आचार्य पोखरा महानगर पालिका वडा नं १६ का निवर्तमान वडा अध्यक्ष हुन् । उनको टिममा उपाध्यक्षमा नरेन्द्र ढुङ्गाना र सचिवमा नेकपा एकिकृत समाजवादी छोडेर एमाले प्रवेश गरेका सुशिल वस्नेत उमेद्धार वन्ने वताईएको छ । पृथ्वी सुव्वाको समूहवाट उपाध्यक्षमा मोहन गुरुङ र सचिवमा दिनेशवावु खड्का उमेद्धवार वन्ने वताईएको छ । निर्वाचन समितिले निर्वाचनको तालिका समेत प्रकाशित गरिसकेको छ । दुवै पक्षले चुनाव जित्ने दावी गरिरहदा मत परिणाम कसको पोल्टामा पर्ने हो त्यो त चुनाव पछिको परिणामलेनै वताउने छ तर नेकपा एमालेमा दुई नेताहरुको विचमा देखिएको गुटवन्दीले भने कार्यकर्ताहरुमा तल तल सम्म चिरा परेको वताईएको छ । यसरी गुटवन्दी कटुतामा परिणत हुँदै जानेहो भने यसले निर्वाचनमा समेत असर गर्ने एमालेकै कार्यकर्ताहरु वताउन थालेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।