पोखरा जेष्ठ २१,
नेकपा एमाले पोखरा महानगरसमितिको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । शनिवार देखि सुरु भएको सो पार्टिको दोस्रो नगर अधिवेसनमा नेतृत्व छान्न सर्व सम्मतीको प्रयास असफल भएपछि सोमवार निर्वाचन भएको थियो । इलेक्ट्रोनिक भोटिङ मेसिनद्धारा गरिएको मतदानको नतिजा पनि सोमवार दिउसोनै आएको थियो । अध्यक्षमा खगराज पक्षीय आचार्य २७७ मतका साथ निर्वाचित भए भने उनका प्रतिष्प्रधि पृथ्वीसुव्वा गुरुङ पक्षीय दिपक पौडेलले २१० मत प्राप्त गरे । पौडेललाई आचार्यले ६७ मतले हराएका थिए । ४९८ प्रतिनिधि रहेको निर्वाचनमा ४८७ मत खसेको थियो । पार्टिका उप महासचिव पृथ्वी सुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह विच अध्यक्ष देखि सदस्य सम्म प्यानल वनाएर आकाक्षीहरुले प्रतिष्प्रर्धा गरेका थिए । अध्यक्ष लगायत पदाधिकारीहरु सवै खगराज पक्षीय नेताहरु निर्वाचित भए । उपाध्यक्षमा नरेन्द्रराज ढुङगाना २८४ मत ल्याएर निर्वाचित भए उनका प्रतिष्प्रर्धि मोहन गुरुङले २०३ मत प्राप्त गरे । सचिवमा सुशिल वस्नेत २६७ मत ल्याएर निर्वाचित हुँदा दिनेश वावु खड्काले २२० मत प्राप्त गरेका थिए । सहसचिवमा विष्णु गौतम ३१० मतका साथ निर्वाचित हुँदा लाल वहादुर रानाले जम्मा १७७ मत प्रप्त गरे । त्यसै गरि महिला सचिवमा हरि माया विश्वकर्मा २८० मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिष्प्रर्धि किरण गौतमले २०७ मत ल्याएकी थिईन् । निर्वाचित हुनुपर्ने ८४ सदस्य पदमा आईतवारनै २२ जना निर्विरोध निर्वाचित भएका थिए । अन्य सदस्यहरु आज भएको निर्वाचनको प्रक्रियावाट निर्वाचित भए ।