पोखरा पौष १२,
नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेसनको तयारी तिव्र पारिएको छ । माघ २६ र २७ गते सम्पन्न हुने अधिवेसनको तयारीका लागि सो पार्टिले विभिन्न ११ वटा उप समिति गठन गरि अधिवेसनको तयारीका कामहरु गरिरहेको छ । पार्टिका अध्यक्ष माधव कुमार नेपालले पोखरा सभागृहमा उद्धघाटन गर्ने प्रथम अधिवेसनलाई भव्य वनाउन सो पार्टिले नियमित रुपमा वैठक तथा भेलाहरु गरिरहेको छ । यसै सन्दर्भमा सो पार्टिका पर्वत जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश कमिटीका सदस्य ठाकुर शर्मा पौडेलको संयोजकत्वमा ५१ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । उक्त समितिको सह संयोजकमा पोखरा महानगर समितिका उपाध्यक्ष प्रेम थापा रहेका छन् ।
सो उपसमितिको विहिवार वसेको वैठकले अधिवेशनलाई भव्य रुपमा सफल बनाउन प्रतिबद्धता ब्यक्त गरेको छ । बैठकमा केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज श्रीनाथ बराल, पार्टिका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री तुलबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कास्की इन्चार्ज कृष्ण नेपालले अधिवेशनलाई भव्य वनाउन पार्टिका नेता कार्यकर्ता पूर्ण रुपमा परिचालित हुनुपर्ने वताएका थिए । वैठकका सहभागिहरुले प्रथम प्रदेश अधिवेसनलाई भव्य वनाउन आ आफ्नो ठाँउवाट अधिकतम प्रयास गर्ने वताएका थिए ।
सो पार्टिले अधिवेशनको तयारीलाई तीव्र पार्दै, विभिन्न उप समितिका वैठकहरु गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।