पोखरा माघ १४,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी गण्डकीको प्रथम अधिवेसनका लागि माघ १६ गते बुधवार प्रतिनिधि चयन हुदैछन् । यही माघ २६ र २७ गते पोखरा सभागृहमा सम्पन्न हुने सो पार्टिको प्रथम अधिवेसनका लागि माघ १६ गते ११ वटै जिल्लामा एकै साथ प्रतिनिधि चयन हुने केन्द्रिय सचिव एवं प्रदेश अध्यक्ष श्रीनाथ वरालले जानकारी दिए । जिल्लाका अलावा जन संगठनहरुवाट प्रनि प्रतिनिधि चयन हुने भएकाले जनसंगठनवाट पनि १६ गतेनै प्रतिनिधि चयन हुदैछन् । ५० जना पार्टि सदस्य वरावर १ प्रतिनिधि, ५१ भएमा २ र १०० भन्दा वढि पार्टि सदस्य भएका ठाँउवाट ३ जना प्रतिनिधि चयन हुने र ३ जना प्रतिनिधि चयन गर्दा एक जना समावेसी अनिवार्य हुनुपर्ने प्रवधान राखिएको छ ।
जिल्लाको हकमा प्रत्येक जिल्लाका संघिय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानिएको छ । त्यसै गरि जन संगठनको हकमा जनसंगठनको प्रदेशलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुने वताईएको छ । प्रतिनिधि चयनका लागि कास्की जिल्लामा ३ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । जस अनुसार कास्की क्षेत्र नं १ को पोखरा १२ स्थित केसी क्याटरिङ, क्षेत्र नं २ को जिल्ला पार्टि कार्यालय र क्षेत्र नं ३ को विन्धवासीनी पार्टि प्यालेस पोखरा २ मा प्रतिनिध चयन हुने नेकपा एसका कास्की जिल्ला अध्यक्ष खड्ग हमालले वताए । जन संगठनहरुको भने कास्की जिल्ला पार्टि कार्यालयमा प्रतिनिधि चयन हुने प्रदेश अध्यक्ष वरालले वताए ।
प्रदेशका ११ जिल्ला र जनसंगठनवाट करिव ४५० प्रतिनिधि चयन हुने सो पार्टिले जनाएको छ । आयोजक करिव १५० गरि ६०० जना प्रतिनिधिहरुको अधिवेसनमा सहभागिता रहने सो पार्टिले जनाएको छ । अधिवेसनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल लगायतका नेताहरुले संवोधन गर्दैछन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।