पोखरा वैशाख १९,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी पोखरा महानगर समितिले जिल्ला ट्रफिक प्रहरीलाई डोरी हस्तान्तरण गरेको छ । सडकमा हुने सवारी दुर्घट्ना न्यूनिकरण गर्ने अभियानमा सहयोग पुगोस् भन्ने उदेश्यले नेकपा एसको पोखरा महानगर कमिटीका उपाध्यक्ष शालिकराम वराल, सचिव बज्र अधिकारी, सदस्य सुर्य केसी र एकिकृत ट्रेड युनियन गण्डकीका अध्यक्ष तिल वहादुर विश्वकर्मा तिलक र सचिव हरिराम धिताल लगायतको टोलीले आज जिल्ला ट्राफिक कार्यालय कास्कीमा गई कार्यालय प्रमुख शोभा पाण्डेलाई सडकको लेन छुट्याउदा प्रयोग हुने डोरी हस्तान्तरण गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।