पोखरा, जेष्ठ ३,
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारवाही गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टि एकिकत समाजवादी निकट मोर्चा संगठनहरुले आज देश भरीका जिल्ला प्रशासन कार्यालयहरु मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी वनाई मानव वेच विखन तथा भ्रष्टाचारको ग्राण्ड डिजाइनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टि समर्थित मोर्चा संगठनहरु सडकमा उत्रिसकेको ज्ञापन पत्रमा उल्लेख छ । यो कुकृत्य गर्ने जुनसुकै अपराधीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउन र कडा कारवाही गर्न माग गएिको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोशीहरुलाई कुनै पनि वहानामा दोष मुक्त नवनाउन तथा यो मुद्धालाई कमजोर वनाउने हिसाले कुनै कदम नचाल्न समेत ज्ञापन पत्रमा ध्यानाकर्षण गरार्ईएको छ । यो प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउन आज सम्म सरकारले गरेका कामहरु , राखेको अडान तथा सक्रियताले आम नेपालीमा सकारात्मक सन्देश प्रवाह गरेको समेत विज्ञप्तीमा जनाईएको छ ।
यसै क्रममा कास्की जिल्लामा पनि नेकपा एकिकृत समाजवादी निकट मोर्चा संगठनहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् । एकिकृत ट्रेड युनियन महासंघका जित वहादुर विक, युवा संघ नेपालका विकाश पाहारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका सुरज अधिकारी वज्र, अखिल नेपाल महिला संघ समाजवादीका दान कुमारी वराल,नेपाल दलित मुक्ति संगठनका जित वहादुर रसाईली, नेपाल आदीवासी जनजाती महासंघ समाजवादीका महेन्द्र वहादुर गुरुङ,नेपाल भूतपूर्व सैनिक सैनिक तथा प्रहरी संगठन समाजवादीका निर्मल सुनारले प्रमुख जिल्ला अधिकारी केसीलार्ई ज्ञापन पत्र वुझाएका थिए । दिउसो २ वजे सहिदचोकमा भेला भएका नेकपा एकिकृत समाजवादी सम्वद्ध मोर्चा संगठनका नेता कार्यकर्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कडा कारवाही गर्न माग गर्दै नारावाजी गरेका थिए । सो अवसरमा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङ, केन्द्रिय सदस्य कृण नेपाली, रत्ना गुरुङ, प्रदेश तथा जिल्ला समितिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।