पोखरा , पौष १०,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री वनाउन एमाले लगायतका ६ दल सहमत भएका छन् । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको निवास वालकोटमा आईतवार दिउसो देखि जारी रहेको वैठकमा नेकपा एमाले नेकपा माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टि, राप्रपा , जनता समाजवादी पार्टि र जनमत पार्टि विच प्रचण्डलाई पहिलो कार्यकालका लागि प्रधानमन्त्री वनाउन तयार भएका हुन् । प्रचण्डलाई ६ दलका १६६ सांसदहरुको समर्थन रहने दावी नेताहरुले गरेका छन् । नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई वहुमत रहेको पत्र राष्ट्रपति कार्यालयमा वुझाउने तयारी भएको वताईएको छ ।
यस अधि आईतवार वसेको सत्तारुढ गठवन्धनको वैठकमा काँग्रेस सभापति शेर वहादुर देउवाले पहिलो चरणमा प्रचण्डलार्ई प्रधानमन्त्री वनाउन नसकिने जवाफ दिएपछि प्रचण्ड गठवन्धन टुटेको भन्दै वालुवाटारवाट सिधै ओली निवास वालकोट पुगेका थिए । साठे दुई वर्ष पछि भने एमालेले सरकारको नेतृत्व गर्ने समझदारी नेताहरु विच वनेको वतार्ईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।