पोखरा , पौष २६,
नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्ई किन दियो विश्वासको मत भन्ने आम मानिसहरुमा कौतुहलता वढेको छ । नेकपा एमालेका अध्यक्ष केपि ओलीले दुईपटक सम्म संसद विगठन गरेका कारण ओलीको संसद विगठनलाई प्रतिगमन भन्दै नयाँ सरकार गठन गरेर, स्थानिय निर्वाचनमा र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा गठवन्धन गरेर चुनाव लडेका दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रका विच निक्कै घनिष्टता रहेको थियो । तर निर्वाचन पछि प्रधानमन्त्री प्रचण्डले लिने की देउवाले लिने भन्ने विषयमा विवाद हुँदा नेकपा एमालले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा अफर गरेपछि र सजिलै देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि कोर्ष परिवर्तन गरेको नेपालको राजनितीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली काँग्रेस लगायतका नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टि लगायतले विश्वासको मत दिएपछि नयाँ मोड लिएको देखिन्छ ।
नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवाले आफ्नो गल्ति सच्याउदै आफु संग रिसाएर गएका र केपि ओलीसंग वाद्यतावस मिलेका प्रचण्डलाई खुसी वनाउन र विस्तारै केपि ओली संगको सम्वन्धमा चिसो पना ल्याउन सकिने उदेश्यका साथ प्रचण्डलाई विश्वासको मत दिएको देखिन्छ । प्रचण्डलार्ई विश्वासको मत दिएपछि राष्ट्रपति उप राष्ट्रपति तथा सभामुख र उप सभामुख, प्रदेश प्रमुखहरु लगायतका संवैधानिक पदहरुमा काँग्रेसले प्रधानमन्त्रीसंग हिस्सा खोज्ने संभावना देखिन्छ । यसरी काँग्रेसले हिस्सा खोज्ने र प्रधानमन्त्रीले काँग्रेसको माग पुरा गरेको खण्डमा एमालेर माओवादीको विचमा चिसो पना ल्याउन सकिने र आफ्नो राजनितीक अभिष्ठ पुरा गर्न सकिने उदेश्ले आफ्नो पार्टिका महामन्त्रीहरु असहमत हुँदा हँुदै केन्द्रिय समितिको वैठकवाट अनुमोदन गराउने गरि देउवाले कार्यसम्पादन समितिको वैठकवाट विश्वासको मत दिने निर्णय गराएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदवाट विश्वासको मत लिदै गर्दा नेपाली कााग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा एकिकृत समाजावदीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपि ओलीले सोमवारको प्रतिनिधि सभा वैठकमा संसद विगठन सहि थियो भनेर वोलेको कुराको कडा रुपमा प्रतिवाद गर्दै ओलीवाट अझैपनि प्रतिगमनको खतरा रहेको वताएका थिए । काँग्रेस सभापति देउवाले त विगतमा पनि पुष्पकमल दाहाल संग सहकार्य गरेको र हाल संविधानको रक्षाका लागि प्रचण्डलाई विश्वासको मत दिने वताएका थिए । संसद वैठकको अन्त्यतिर सांसदहरुले वोलेका विषयहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले २०७२ सालको संविधानको जुनसुकै अवस्थामा पनि रक्षा गर्नु आफ्नो काम भएको वताएर घुमाउरो पारामा ओलीको भनाईको खण्डन गरेका थिए । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विगतमा सहकार्य गरेका एमाले वाहेकका शक्तिहरु फेरि पनि एक ठाँउमा आउने वातावरण वनेको देखिन्छ ।