पोखरा, असोज १०,
नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा असोज १३ गते देखि २३ गते सम्म राष्ट्रिय स्तरको खेलकुद महोत्सव हुने भएको छ । नेकोस खेलकुद महोत्सवक तथा नेकोस च्याम्पियनसिप २०८० नाम दिईएको उक्त महोत्सव अन्तरर्ग १० वटा खेलहरु प्रतियोगितात्मक रुपमा सञ्चालन हुने आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल खेलकुद महासंघ समाजवादीका अध्यक्ष तथा नेपाल राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिए । महोत्सवमा भलिवल, एथलेटिक्स,तेकान्दो,कराते,वि वोईङ(डान्स स्पोर्ट),फुलकन्ट्राक्क कराते,सेपाकटाक्र, बुद्धिचाल,योगखेल, (योगस्पोर्ट) र स्केटबोर्ड खेलहरु हुनेछन् । यस वर्ष महोत्सव सुरु गरिएको भएपनि नेकोस खेलकुद महोत्सव प्रत्येक वर्ष आयोजना गरिने पनि अध्यक्ष विष्टले वताए ।
महोत्सव अन्तर्गत योगखेल( योगस्पोर्ट) र स्केट वोर्ड (स्केटिङ) खेलहरु असोज १३ र १४ गते पोखरामा हुनेछन् भने खेल महोत्सवको उद्धघाटन असोज २० गते काठमाण्डौमा उद्धघाटन हुनेछ । पोखरा रंगशालामा हुने खेलहरुको उद्धघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले असोज १३ गते गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिईयो । १० वटा मध्ये सेपाट्याक खेल हेटौडामा हुने छ भने वाँकी ७ वटा खेलहरु काठमाण्डौ र ललितपुरमा हुने कार्यक्रम रहेको अध्यक्ष विष्टले सो अवसरमा वताए । असोज २३ गते महोत्सवको समापन हुनेछ । महोत्सवको उद्धघाटनका अवसरमा मुलुकभरीका खेल क्षेत्रमा योगदान दिएका १० जनालार्ई सम्मान गरिने अध्यक्ष विष्टले वताए ।
पोखरामा आयोजना हुने खेलमा सहभागि हुन मुलुकका ७ वटै प्रदेशवाट २०० खेलाडिहरु सहभागि हुने वताईएको छ । खेलहरु प्रदेश स्तरिय प्रतिष्प्रपर्धात्मक तथा खुल्ला समेत हुने वताईएको छ । पोखरामा हुने खेलहरुको प्रवर्धन पोखरा महानगरपालिकाले गर्ने जानकारी सो अवसरमा दिईयो । पोखरामा हुन गईरहेको योग खेलको वारेमा प्रकाश पार्दै अध्यक्ष विष्टले योगलाई खेल हो र भन्ने गरिएको भन्दै नेपालमा हाल खेलिने २२५ खेल सवै आयातित भएपनि योग खेल मात्रै नेपालको मौलिक खेल भएको वताए । पुरस्कारको राशी भन्दा पनि आफुहरुले खेलाडीहरुलाई खेल्ने प्लेटफर्म उपलव्ध गराउन महोत्सवको आयोजना गरिएको विष्टले वताए । महोत्सव सम्पन्न गर्न २ करोड खर्च लाग्ने वताउदै अध्यक्ष विष्टले सरकारी क्षेत्रवाट खासै सहयोग नपाएको वताउदै चन्दा मागेरै महोत्सव सम्पन्न गरिने वताए । महोत्सवको उद्धघाटन असोज २० गते काठमाण्डौमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्ने कार्यक्रम रहेको वताईएको छ । नेपाल खेलकुद महासंघ समाजवादी कास्कीका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा. डिलाराम लामिछानेले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।