पोखरा मंसी २९,
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको हिजो भएको निर्वाचनमा प्रेस युनियनका रमेश पौडेल निर्वाचित भएका छन् । समाजवादी प्रेस संगठनका गोविन्द प्रसाद सुवेदीलाई २२३ मतान्तरले हराउदै पौडेल प्रदेशको अध्यक्षमा निर्वाचित भएका हुन् । पैडेलले ४०१ मत र सुवेदीले १७८ मत ल्याएका थिए । उपाध्यक्षमा प्रेस चौतारीका प्रकाश पौडेल ४०२ मत ल्याएर निर्वाचित भएका हुन् । महिला उपाध्यक्षमा प्रेस युनियनकी माया कुमारी अधिकारी ४०९ मत ल्याएर निर्वाचित भईन् । महासचिवमा प्रेस चौतारीकीे जमुना वर्षा शर्मा ३४७ मत ल्याएर निर्वाचित भईन् । उनका प्रतिष्प्रर्धि प्रेस सेन्टरका दिपक परियारले २३१ मत प्राप्त गरे
सचीव खुल्ला मा भविश्वर पाण्डे –३७८ ल्याई निर्वाचित भए । समाबेशी सचिवमा ४२० मत ल्याउदै रोशनी गुरुङ निर्वाचित भईन् । कोषध्यक्षमा रमेश बस्ताकोटी ३५२ मत ल्याउदै निर्वाचित भए ।
खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, धु्रवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए । सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आदिवासी जनजातीमा) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।