नेपाल पत्रकार महासंघ कास्कीमा ई–लाइब्रेरी तथा स्रोत केन्द्रको शुभारम्भ भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा असोज १४ गते शुक्रवारदेखि ई लाइबे्ररीको शुभारम्भ भएको हो ।
ई–लाइब्रेरीको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले उद्धघाटन गरेका थिए । सो अवसरमा वोल्दै मन्त्री थापाले थापाले ई–लाइब्रेरीबाट पत्रकारलाई अध्ययन गरेर समाचार लेख्न सहज हुने बताए । गण्डकी प्रदेश सरकारले नेपाल पत्रकार महासंघ कास्कीलाई ई लाईव्रेरी सञ्चालन गर्न २५ लाख रुपैयाँ मन्त्रालयबाट विनियोजन गरिएको वताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले ई लाइब्रेरीको महत्व पत्रकारहरुका लागि वढि नै रहने वताए । लाईव्रेरी स्थापना मात्रै गरेर नहुने भन्दै पैडेलले यसको सदुपयोगमा समेत जोड दिए । नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दिपेन्द्र श्रेष्ठले लामो समयदेखिको सपना बल्ल पूरा भएको बताए । अर्का पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पुराना तथ्यांकहरु पाइने हुँदा समाचारको मुख्य स्रोत पुस्तकालय रहेको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राम प्रसाद तिमिल्सििना र सञ्चालन सचिव मात्रध वरालले गरेका थिए ।
इलाइब्रेरीमा कति पुस्तक समावेश भएका रहेछन्, जान्न पाए जाति हुन्थ्याे ।