पोखरा श्रावण ७,
नेपालको बामपन्थी आन्दोलनका शिखर पुरुष, नेकपाका संस्थापक तथा संयुक्त जन आन्दोलनका प्रणेता स्व. पुष्पलाल श्रेष्ठको ४५ औ स्मृति दिवसका अवसरमा पोखरामा बिचार गोष्ठी सम्पन्न भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले आईतवार पोखरामा आयोजना गरेको पुष्पलाल र नेपाली विषेशताको समाजवाद विषयक विचार गोष्ठीलाई नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा गण्डकी प्रदेशका ईञ्चार्ज केशवलाल श्रेष्ठले संवोधान गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै श्रेष्ठले पुष्पलालले ब्यक्ति प्रदान हैन निती प्रदान वनाएर कम्युनिष्ट पार्टि चलाउनुु पर्दछ भन्ने मान्यता अगाडि सारेकोले आफुहरु त्यही मान्यताका आधारमा हालसम्म चलिरहेको वताए । नेपाली समाजको विकास माक्सवादी ढंगले गर्नुपर्दछ भन्ने सोच राखेर पुष्पलालले नेकपाको गठन गरेको श्रेष्ठले वताए । पुष्पलाल त्याग समर्पण र इमान्दारिताको खानी भएको भन्दै श्रेष्ठले पुष्लालले आफुलाई सुख सुविधाको हैन क्रान्तिका लागि जनता र राष्ट्रको लागि समर्पण गरेको वताए । नेपाली समाजलार्ई कसरी रुपान्तरण गर्न सकिन्छ भनेर पुष्पलालले चिन्तन गर्ने गरेको , निरकुंश पञ्चायति व्यवस्था फाल्न काँग्रेस र कम्युनिष्टहरु संयुक्त रुपमा संघर्ष गरेमा मात्रै सफल भईने पुष्पलालको विचारले २०४६ सालमा आएर मुर्त रुप लिएको श्रेष्ठले वताए । स्व पुपलालका विचार आजको समसामयीक राजनितीमा पनि उत्तिकै सान्दर्भिक भएको भन्दै श्रेष्ठलेनेकपा एकिकृत समाजवादीले पुष्पलालका विचारहरुलाई आज पनि आत्मसाथ गरिरहेको वताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका सह ईञ्चार्ज तुल वहादुर गुरुङले पुष्पलाल श्रेष्ठले गरेका योगदानको चर्चा गर्दै स्व.पुष्पलालले निरकुंश पञ्चायती व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलन आवश्यक छ त्यसले मात्रै पञ्चायती व्यवस्था फाल्न सकिन्छ भन्ने भनाई आफ्नो जीवन कालमा सफल नभएपनि पुष्पलाल मरेर गएपछि त्यसले सार्थकता पाएको वताउदै संयुक्त जन आन्दोलनको वलमा पञ्चायती व्यवस्था ढलेको स्मरण गरे । पुष्पलालका विचार आज पनि उत्तिकै मार्गदर्शक रहेकाले उनका विचारलाई अनुसरण गरिएको गुरुङले वताए । अर्का स्थायी कमिटी सदस्य शारदा प्रसाद सुवेदीले नेपालका कम्युनिष्ट पार्टिहरुले पुष्पलालका विचारहरुलाई सहि रुपमा अनुशरण गर्न नसक्दा कम्युनिष्ट पार्टिहरु ओरालो यात्रामा रहेको वताए । पुष्पलालले अगाडि सारेको विचार, अवसरवादका विरुद्धको संघर्ष , उनको साधारण जीवनशैली, उनले गरेको त्याग जस्ता कुराहरुको पालना गर्न सकेमा पुष्पलाल प्रतिको सम्मान हुने वताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेशका उपाध्यक्ष श्रीनाथ वरालले पुष्पलालको योगदानको कारणले नेपालको कम्युनिष्ट आन्दोदन यहासम्म आईपुगेको वताए । नेपालका कम्युनिष्ट पार्टिहरु अहिले जो जहाँ छन् त्यो सवै पुष्पलालको जग भएको वताए । कम्युनिष्ट पार्टिका नेताहरु रातो मसीले सही गर्ने ठाँउमा पुगेको भन्दै वरालले त्यो रातो मसीलाई सर्वहारा श्रमजिवी र गरीव जनताको पक्षमा उपयोग गर्नुपर्ने वताए । कार्यक्रममा नेकपा एकिककृत समाजवादीका पोलिट व्यूरो सदस्य एवं गण्डकीका सचिव प्रतापलाल श्रेष्ठले राण शासनको दवदवा रहेको वेला नेपाली समाजलाई अन्याय अत्याचारवाट मुक्ति दिलाउनुपर्दछ भन्ने विचार पुष्पलालले दाजु गंगालालको प्रेरणावाट पाएको वताए । भारतमा नेपाली राष्ट्रिय काँग्रेसको कार्यालय सचिव समेत भएर वसेका पुष्पलाल सुवर्ण शम्सेर र डिल्लीरमण रेग्मीको झगडा सुनेपछि काँग्रेसवाट क्रान्ति संभव नदेखेर नेकपा गठनमा लागेको वताए । कार्यक्रमका अर्का वक्ता नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुष्पलालले नेपाली राष्ट्रिय काँग्रेसवाट राष्ट्र र जनताको मुक्ति संभव हुदैन भन्ने चेतका साथ भारतको दरभंगामा ५ जना भएर नेकपाको गठन गरेको वताए । पुष्पलालले माक्सले अंग्रजीमा लेखेको कम्युनिष्ट घोषणपत्र(मेनीफेष्टो) लाई नेपालीमा अनुवाद गरेको वताए । संयुक्त जन आन्दोलन विना दरवारलाई भुकाउन सकिदैन भन्ने मन्यता पुष्पलाललेनै अगाडि सारेको वताउदै आचार्यले पुष्पलालको विचार अनुसार २०४६ सालको जन आन्दोलननै पञ्चायत ढाल्न निर्णयक वनेको वताए ।
पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीका कार्यवहाक अध्यक्ष मदनकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, अनेरास्ववीयूका उप महासचिव राजन शर्मा पपराजूली लगायतका वक्ताहरुले नेपालको वामपन्थी आन्दोलनमा स्व. पुष्पलाल श्रेष्ठको योदानको चर्चा गरेका थिए । कार्यक्रममा स्वागत प्रतिष्ठानका कोषाध्यक्ष सिता पौडेल र कार्यक्रमको सञ्चालन सचिव कृष्ण पराजूलीले गरेका थिए ।