पोखरा, भाद्र २६,
प्रतिनिधि सभाका पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ह्दयघातका कारण निधन भएको छ । वालुवाटार स्थित निवासमा राती वेहोस अवस्थामा भेटिएका नेम्वाङलाई १.५० वजे त्रिवी शिक्षण अस्पताल पु¥यार्ईएको थियो । अस्पतालमा चिकित्सकहरुले चेक जाँच गर्ने क्रममा नाडी मुटुको धड्कन, सास फेरे नफेरेको सवै नाँच गर्दा कुनै पनि नचलेको पार्ईएपछि मृत्यु भएको वताएका थिए ।
२०४८ साल देखि ५२ साल सम्म राष्ट्रिय सभाको सदस्य भएका नेम्वाङ २०६२÷०६३ सालको आन्दोलन पछि पुनस्थापित संसदको सभामुख भएका थिए । नेम्वाङले २०६५ र २०७० सालमा संविधान सभाका अध्यक्ष भएर संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सधै भरी सहमती र सहकार्यलाई प्राथमिकतामा राखेर अगाडि वढ्ने स्वाभाव भएका नेम्वाङ नेपाली राजनितीका अत्यन्तै शालिन ब्यक्तित्व थिए । नेपाली राजनितीमा कुशल सभामुख तथा संविधान सभाको अध्यक्षको भूमिका निर्वाह गरेका नेम्वाङकै कारण मुलुकमा सजिलै संग संहमतिमा संविधान निर्माण संभव भएको थियो । संविधान निर्माणको क्रममा भएका रस्साकस्सी, शसस्त्र युद्धवाट आएको नेकपा माओवादी, राजतन्त्रको वकालत गर्ने राजावादी शक्ति, नेपाललाई दिन्दु राज्य घोषण गरिनुपर्दछ भनेर भन्ने दिन्दुहरु, अखण्ड नेपालको नारा लगाएर संघियताको विरोध गर्ने शक्ति र नेपाललार्ई १४ वटा राज्य चाहिन्छ भन्ने माओवादी, एक मधेश प्रदेशको मागवाट पछाडि नहटेका मधेशवादी शक्तिहरु, जातिय राज्य सहितको संघियता चाहिन्छ भन्ने भन्दै आन्दोलन गर्ने समूहहरु लगायतलाई सहमतिमा ल्याएर सवैको अपनत्व हुने गरि संविधान निर्माणमा संविधान सभाको अध्यक्षको हैसियतामा नेम्वाङले खेलेको समन्वयकारी भूमिकाकाको सवैले अहिले पनि प्रशंसा गरिरहन्छन् ।
नेकपा एमालेमा शालिन नेताको परिचय वनाएका नेम्वाङ नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उप नेता समेत हुन् । पार्टिमा पनि नेताहरुका विचमा समन्वयकारी भूमिका निर्वाह गर्ने नेताको परिचय वनाएका नेम्वाङको निधनले एमालेलाई ठूलो क्षती भएको छ । नेम्वाङको निधन प्रति राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत प्राय सवै दलका नेताहरुले दुख ब्यक्त गरेका छन् । नेकपा एमालेले पूर्व सभामुख,आफ्नो पार्टिका उपाध्यक्ष तथा संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति स्तभ्ध भएको जनाएको छ । यस अधि नेम्वाङको स्वास्थ्य अवस्था वुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा, एमाले अध्यक्ष केपि शर्मा ओली, नेकपा एकिककृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल , नेकपा एमालेका नेता कार्यकर्ता , अन्य राजनितीक पार्टिका नेता कार्यकर्ता, लगायत ठूलो संख्यामा मानिसहरु त्रिवी शिक्षण अस्पताल महारगञ्ज पुगेका थिए । यसै विच नेम्वाङको सवलाई नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा लगिदैछ आज मंगलवार र वुधवार सम्म नेम्वाङको पार्थिव शरिरलाई पार्टि कार्यालयमानै राखिने एमाले श्रोतले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।