पोखरा फागुन १३,
नेकपा एमालेको तर्फवाट पूर्व सभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्टपतिमा उमेद्धवारी दर्ता गराएका छन् । शनिवार दिउसो संसद भवन स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उमेद्धवारी दर्ता गराएका थिए । नेम्वाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् । उमेद्धारी दर्ता पछि एमाले अध्यक्ष ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टिको तर्फवाट उमेद्धवार वनेका नेम्वाङको पक्षमा सहमति हुने वताए । ओलीले ८ दलीय गठवन्धन नै नवनेको प्रतिक्रिया दिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।