पोखरा ,श्रावण २४,
पोखरामा पनि आँखा पाक्ने रोगको संक्रमण तिव्र रुपमा फैलिएको छ । आँखा पाक्ने रोगको सक्तमण फैलन नदिन र संक्रमणको चक्रलाई तोड्नका लागि भन्दै पोखरा महानगरपालिकाले पोखराका विद्यालयहरु ३ दिनका लागि वन्द गर्ने निर्णय गरेको छ । सरुवा रोगको रुपमा रहेको यो रोग कुनै ब्यक्तिमा संक्रमण भएमा अरुलाई सार्न सक्ने र वढिमा ३ हप्ता सम्म रहने वताइर्एको छ ।
यसै विच आँखा पाक्ने संक्रमण तिव्र रुपमा फैलिरहेको समयमा पोखराका अस्पतालहरुले निशुल्क आँखाको उपचार तथा औषधि समेत दिन सुरु गरेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालहरुमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । पोखराको मणिपाल शिक्षण अस्पताल र चरक मेमोरियल हस्पिटलले आँखा परिक्षण गर्दा लाग्ने शुल्क देखि, औषधि सम्म निशुल्क गरेका छन् भने र हिमालय आँखा अस्पताल र दिृष्ट आँखा अस्पतालले आँखा परिक्षण गर्दा लाग्ने शुल्क निशुल्क गरेका छन् । पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यको पहलमा ती अस्पतालहरुसंग महानगरपालिकाले संझौता समेत गरेका छन् ।
मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण सम्बन्धी समझदारी गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि समझदारी गरिएको अस्पतालहरुले जनाएका छन् । पोखरा महानगरपालिकाको पहलमा आँखा अस्पतालहरुले निशुल्क उपचार तथा औषधिहरु समेत उपलव्ध भएपनि महानगरपालिकको यो कर्यको प्रशंसा भएको छ भने विरामीहरु पनि निक्कै खुसी भएका छन् ।