पोखरा श्रावण २९,
पोखरा महानगरपालिका वडा नं ६ लेकसाईडमा वाटोमा हिडिरहेकी एक महिललालाई लुटपाट गर्ने ३ जना तथा लुटेको सुन खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । श्रावण २७ गते राती अन्दाजी २ वजेको समयमा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईडमा वाटोमा हिडिरहेकी २० वर्षकी एक महिलालाई एउटा स्कुटर र एउटा मोटरसाईकलमा आएका अपरिचित ब्यक्तिहरुले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखि उनको साथमा रहेको दुई तोला बराबरको सुनको सिक्री १ थान , नगद रु १२,०००।– (बाह हजार) र लेदरको कालो रङको ज्याकेट लुटी फरार भएको र उक्त खवर प्रहरीलाई प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न पोखरा महानगरपालिका वडा नं. १८ बस्ने ३७ वर्षका देवन गुरुङ,र १९ वर्षका आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं.३ घर भई जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ बस्ने १८ वर्षका अनिश भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिए । साथै प्रहरीले उक्त घटनामा प्रयोग भएको ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ को मोटरसाईकल र सुनको सिक्री बिक्री गरी आएको रकम रु.१,०३,५००।– (एक लाख तीन हजार पाच सय मात्र) समेत वरामद गरेको छ । उक्त घट्नाको अनुसन्धान गर्दै जाँदा उक्त सुनको सिक्री किन्ने पोखरा महानगरपालिका वडा नं. ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक नारायण प्रसाद बि.क. र एस. पि. मान्मा ज्वेलर्सका संचालक प्रशान्त मान्मा समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनिहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामादिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको शर्माले जानकारी दिए ।