पोखरा माघ २९,
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखराको लेकसाईड स्थित विभिन्न छ वटा पसलहरुमा विभिन्न मितिमा चोरी गर्ने पेशेवर चोरलाई पक्राउ गरेको छ । चोरी गरेको आरोपमा माघ १९ गते प्रहरीले पोखरा महानगपालिका वडा नं. १४ बस्ने वर्ष २१ का दिपेश परियार लाई पक्राउ गरेको जनाएको छ ।
घटनाको अनुसन्धानको लागी खटिएको प्रहरी टोलीले परियारलाई उनको आफ्नै घर कोठामा लुकीछिपी वसिरहेको अवस्थामा चोरीका सामान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । परियारले माघ १ गते पोखरा म.न.पा.वडा न. ६ लेकसाईडमा रहेको सुरेश भण्डारीले संचालन गरेको सोल ओरिजिन क्याफेबाट नगद रु.१०,०००÷–,वाईन,सुर्य चुरोट,लेनोभो कम्पनीको ट्याब थान–२,समेत जम्मा रु.८७,५२५÷–बराबरको धनमाल चोरी गरेको ,माघ १३ गते पो.म.न.पा.वडा न.५ जिरो कि.मी.मा रहेको कपी बक्स क्याफेबाट नगद रु.१५,०००÷–,४ बन्डल सुर्य चुरोट रु.१२,१००÷–,रु.२०,०००÷– पर्ने सामसुङ कम्पनिको ट्याबलेट थान–१,रु.४२,०००÷– पर्ने १२ थान जिप्पो लाईटर, समेत जम्मा रु.८९,१००÷– बराबरको धनमाल चोरी गरेको ,माघ १३ गतनैे रातको समयमा पोखरा म.न.पा.वडा न.६ सेन्टर प्वाईन्टमा रहेको रेष्ट्रो लंज बार भित्रबाट नगद रु.३५,०००÷–,सुर्य चुरोट समेत जम्मा रु.३५,९६०÷– बराबरको धनमाल चोरी गरेको , माघ १६ गते गते पोखरा म.न.पा.वडा न.६ लेकसाईडमा रहेको बिनोद मल्लले संचालन गरेको एलिज क्याफेबाट नगद रु.२,०००÷–रु.१०,०००÷–पर्ने गितार थान–१,सुर्य चुरोट समेत जम्मा रु.१२,६६०÷–बराबरको धनमाल चोरी गरेको ,
सोही दिन पोखरा म.न.पा.वडा न. ६ लेकसाईड फुटट्याकमा रहेको केशब नेपालीले संचालन गरेको सोप्निल दरबार खाजाघरको भित्रबाट नगद रु.२,०००÷–रु.६९९०÷–पर्ने रेड लेबन,रु.८८००÷–पर्ने ब्यालेक लेबन रक्सी थान–१,रु.२४४०÷– पर्ने सिक्नेचर रक्सी थान–१,रु.४५४०÷– पर्ने ओल्ड दरबार रक्सी, सुर्य चुरोट समेत जम्मा रु.२७,२८०÷ बराबरको धनमाल चोरी गरेको र
सोही दिन पोखरा म.न.पा.वडा न.६ लेकसाईड स्थितमा बुद्ध गुरुङले संचालन गरेको टोनिक लंज एण्ड बारबाट नगद रु.१३,०००÷–खुकुरी रम,सुर्य चुरोट समेत जम्मा रु.१९,१६०÷–बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । परियारले उक्त छ वटै स्थानमा चोरी गरेको वयानको क्रममा स्वीकारी सकेको समेत प्रहरीले जनाएको छ । उनलाई चोरी तथा डाँका कसुरमा अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।