पोखरा, असोज २९,
प्रत्येक वर्ष दशैको समयमा हिमाली जिल्ला मुस्ताङ, डोल्पा तथा तिव्वतवाट समेत पोखराको वजारमा भेडा च्याङ्ग्रा ल्याएर वेच्ने गरिन्छ । यस वर्ष पनि पोखराको वजारमा हिमालीभेकवाट भेडा च्याङ्ग्रा विक्रिका लागि ल्याईएका छन् । हाल पोखरा २५ हेमजा क्षेत्रमा व्यापारीहरुले विक्रिमा ल्याएका भेडा च्याङ्ग्रा प्रसस्तै देख्न सकिन्छ । वर्षमा एकपटक हिमाली भेकवाट ल्याइएका र जडिवुटी खाएका च्याङ्ग्राको मासु खाने ईच्छा सवैलाई हुन्छ तर च्याङ्ग्राको मासु अत्याधिक महङ्गो हुने भएका कारण सवै मानिसले चाहेर पनि च्याङ्ग्राको मासु खान सक्ने अवस्था छैन । पोखराको वजारमा च्याङग्रा महङ्गो छ । च्याङ्ग्राको तुलनामा भेडा सस्तो भएपनि मानिसहरुको आँखा च्याङ्ग्रतिरनै गएको पार्ईन्छ ।
हाल पोखराको वजारमा च्याङ्ग्रको मासु प्रतिकिलो २५ सय पर्दछ । सिङ्गो च्याङ्ग्रा किनेमा पनि लगभग २ हजर माथि पर्दछ । खशीको मासुको भाउ प्रति केजी १३ सय पर्दछ । खशीको तुलनामा च्याङ्ग्रको मासु झण्डै दोव्वर मूल्य पर्ने देखिन्छ । हिमाली भेकवाट र टाढाटाढावाट च्याङ्ग्रा पोखरामा लिएर आउदा स्वभाविक रुपमा लागत वढि पर्न जान्छ तर भेडा, च्याङगा्रको वैज्ञानिक मूल्य निर्धारण नगिरएका कारण उपभोक्ता मासमा परेका छन् । पोखरामहानगरपालिका वडा नं १४ मा रहेकोे खशीवजारमा नेपालको विभिन्नठाँउवाट ल्याईएका खशीहरु जिउदो जोखेर बिक्रि वितरण गरिन्छ । त्यसको निस्चित दर रेट कायम गरिएको छ तर पोखरकै वजारमा नेपालको विभिन्न ठाँउवाट ल्याईएका भेडा च्याङ्ग्राको किन दर रेट निस्चित गरिदैन भन्ने आम उपभोक्ताहरुको भनाई रहेको छ । भेडा च्याङ्ग्राको निस्चित दर रेट कायम गरेर जिउदो जेखेर प्रति केजी यति भनेर बिक्रि गर्न किन सकिदैन । यस विषयमा हामीले पटक पटक समाचार प्रकाशित गरेका छौ । सम्वन्धित निकायलाई घच्घच्याएका छौ तर यसवारेमा सम्वन्धित निकाय प्रदेश सरकार र स्थानिय सरकारको ध्यान गएको छैन । यो प्रश्न अनुत्तरितनै छ । हचुवाका भरमा च्याङ्ग्राको हुलवाट व्यापारीले तोकेको मूल्यमा उपभोक्ताहरु खुरुखुरु किनेर ल्याउन वाद्य छन् । यो अवस्थामा सुधार गर्न किन सकिदैन । सरकारले चाहाने हो भने खशीको वैज्ञानिक मूल्य निर्धारण हुन्छ भने भेडा च्याङ्ग्राको किन हुदैन ? कि यस विषयमा स्थानिय सरकार र प्रदेश सरकारका सम्वन्धित निकायहरुको ध्यानाकर्षण भएको छैन अथवा देखिदेखि नदेखेझै गरेको हो उपभोक्ताहरुले प्रश्न उठाउन थालेका छन् ।
हामी समाचार संकलनको क्रममा पोखरा २५ हेमजाका विभिन्न ठाँउमा राखिएका भेडा च्याङग्राका वथानहरुमा पुगेका थियौ यस क्रममा च्याङ्ग्रा व्यवसायीहरुले ४० हजार देखि ५० हजार सम्म च्याङ्ग्रा बिक्रि गरिरहेका छन् । त्यस्तै भेडा ३० हजार देखि ३६ हजार सम्म बिक्रि गरिएका छन् । हिमाली जिल्ला मुस्ताङ, डोल्पा, र वझाङ वाट समेत पोखरामा भेडा च्याङ्ग्रा विक्रिीका लागि ल्याईएका छन् । वझाङवाट च्याङ्ग्रा विक्रिीमा ल्याएका वझाङका मान वहादुर बोहराले आफुले १२० वटा भेडा च्याङ्ग्र विक्रिीका लागि ल्याएको र च्याङ्ग्राको प्रति गोटा रोजेर ५० हजार र भेडाको प्रतिगोटा ३६ हजारमा बिक्री गरेको वताए । त्यस्तै मुस्ताङवाट च्याङ्ग्रा लिएर पोखराको वजारमा आएका चन्द्रमान रोका मगरले साना च्याङ्ग्रालाई लाई ४० हजार र ठूलालाई ४५ हजारमा विक्रिी गरेको वताए । नेपालको हिमाली भेकवाट ल्याईएका भेडा च्याङ्ग्रको वैज्ञानिक दर रेट निर्धारण नहुदा उपभोक्ताहरु नराम्ररी ठगिएका छन् यस वारेमा सम्वन्धित निकायको तत्काल ध्यान जानु जरुरी छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।