पोखरा श्रावण ५,
पोखरामा देखिएको शालिक विवाद अझै समाधान हुन सकेको छैन । । पोखराको पृथ्वीचोकमा लखन थापाको शािलक रहने की पृथ्वीनारायण शाहको भन्ने विषयमा विवाद चलिरहेको वेला कसैको शालिक पनि नराख्ने गरि मद्यमार्गी वाटो अवलम्वन गर्दै सवै शालिकहरुलाई विभूति पार्कमा लगेर राख्ने निर्णय केही दिन अगाडिको पोखरा महानगरपालिकामा भएको सर्वदलीय ÷ सर्वपक्षीय वैठकले गरेको थियो । उक्त निर्णयको मसी सुक्न नपाउदै शालिक स्थानान्तरण गर्ने निर्णयको नेपाली काँग्रेसले विरोध गर्दै वक्तव्य जारी ग¥यो । सर्व पक्षीय निर्णयमा नेपाली काँग्रेसले असहमती जायर ग¥यो । कास्की काँग्रेसका सभापति किशोरदत्त वरालले विज्ञप्ती जारी गरेर घुमाउरो पारामा सवै शालिकहरुलाई एक मिहाना भित्र विभूति पार्कमा लैजाने निर्णयको विरोध गरे ।
पोखराको पृथ्वीचोकमा रहेको राष्ट्र निर्माता पृथ्वी नारायण शाहको शालिक २०६४ सालमा तोडफोड भयो । त्यस पछि २०६६ सालमा नेकपा माओवादी केन्द्रका नेता डा. वावुराम भट्टराई प्रधानमन्त्री भएको वेला पृथ्वीचोकमा लखन थापाको शालिक ल्याएर राखियो । पृथ्वी नारायण शाहको शालिक त्यहावाट हटाएर लखन थापाको शालिक राखिएपछि उक्त कार्यको विरोध भयो तर उक्त विरोधका स्वरहरु मधुरा भए कसैले सुनेन । २०६२÷०६३ सालको जन आन्दोलनको राप ताप, गणतन्त्र घोषणा भएको अवस्था लगायतका कारणले पृथ्वीचोकमा लखन थापाको शालिक निर्विकल्प वन्यो । पोखरा महानगरपालिकामा मान वहादुर जिसी प्रमुख भएको वेला पोखराका शालिकहरुलाई शहिद पार्कमा लगेर व्यवस्थापन गर्ने कुरा उठ्यो । पोखरा १८ मा विभूति पार्क समेत वनाईयो । कतिपय शालिकहरु विभूति पार्कमा लगेर राखियो । पृथ्वी नाराण शाहको पनि पूर्ण कदको शालिक विभूति पार्कमा महत्व दिएर राखिएको छ । तर त्यति वेला लखन थापाको शालिक लाने आँट महानगरपालिकाले गरेन । नेपाल मगर संघ लगायतका जनजाती संघ संस्थाहरुको दवावमा पोखरा महानगरपालिकाले लखन थापाको शालिकलाई विभूति पार्कमा लान सकेन जसका कारण पृथ्वी चोकमा पृथ्वी नारायण शाहको शालिक की लखन थापाको शालिक भनेर वेला वेलामा विवाद निस्किरहने गरेको छ ।
यसै क्रममा २०७९ सालको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन राप्रपाले पृथ्वीनारायण शाहको फलामको प्रतिमा वनाएर लखन थापको शालिकको आडमा ल्याएर राख्यो । राप्रपा सरकारमा सामेल भएको कारण प्रचण्ड नेतृत्वको सरकारले राप्रपालाई खुसी वनाउनका लागि सो दिन विदा दिएको थियो । गण्डकी प्रदेश सरकारमा पनि राप्रपाको सहभागिता रहेको थियो । राप्रपाका गण्डकी प्रदेश समितिका अध्यक्ष पञ्चराम गुरुङ रामाजिक विकास मन्त्री वनेका थिए । केन्द्रमा पनि राप्रपा सरकारमा, गण्डकी प्रदेशमा पनि राप्रपाको सरकारमा सहभागिता भएको कारण प्रहरी, प्रशासन सत्तारुढ दल प्रति उत्तरदायी भएका कारण पृथ्वीचोकमा लखन थापाको शालिकको आडमा राखिएको पृथ्वी नारायण शाहको प्रतिमा तत्काल हटाउन् आँट कसैले गरेन । पृथ्वीचोकमा लखन थापाको र पृथ्वी नारायण शाह दुवैका शालिक रहेका थिए । यसै विच विश्व आदी वासी दिवसको दिन श्रावण २४ गते आदी वासी जनजाती सम्वद्ध संघ संस्थाका कार्यकर्ताहरुले पृथ्वी नारायण शाहको प्रतिमा त्यहाँवाट निकाले । सोही दिन राती राप्रपाका नेता कार्यकर्ताहरुले उक्त प्रतिमालाई पुन पृथ्वीचोकमा ल्याएर राखे र राप्रपाका नेता कार्यकर्ताहरु शालिक हटाउन पाईदैन भन्दै धर्नामा वसे । आदीवासी जनजातीहरुको विरोध सुरु भयो उनिहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उक्त प्रतिमा हटाउन दवाव दिए । उक्त प्रतिमा नहटाएमा आन्दोलनको घोाणा गर्ने धम्की मेयरलाई आयो त्यसपछि पोखरा महानगरपालिकाका प्रहरीले रातीमा उक्त प्रतिमालार्ई निकालेर पोखरा महानगरपालिकामा राख्यो । पृथ्वी नारायण शाहको प्रतिमा पोरखा महानगरपालिकामा सुरक्षीत रहेको भन्दै महानगरपालिकका प्रवक्ता मोति तिमिल्सीनाले विज्ञप्ती जारी समेत गरे । शनिवार राती नगर प्रहरीले प्रतिमा लगेपछि फेरी राप्रपाको विरोध सुरु भयो । मूर्ति चोरी भएको भन्दै राप्रपाका कार्यकर्ताहरुले मेयर आचार्यको पुत्ला समेत जलाए ।
यसरी राष्ट्रनिर्माता तथा राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहाको शालिक हटाईएकोमा राप्रपा नेपाल लगायतका संस्थाहरु असन्तुष्ठ थिए । यसै विच सोमवार राष्ट्र निर्माता स्व .पृथ्व्निारायण शाहको शालिक पुर्नस्थापनाका लागि पोखरामा दवावमुलक ¥याली निकालिएको छ । राष्ट्र निर्माता गौरव अभियान र विश्व हिन्दु महासंघको आयोजनामा निकालिएको ¥यालीमा क्षत्री समाज नेपाल,ब्राहण समाज लगायत हिन्दुवादी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त ¥यालीमा राप्रपाका नेता कार्यकर्ताहरु पनि सहभागि रहेका थिए । पृथ्वीचोकवाट निकालिएको ¥यालीमा सहभागिहरुले पोखरा महानगरपालिका कार्यालय अगाडि गएर धर्ना दिएका थिए । राष्ट्र निर्माता गौरव अभियानले पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र समेत दिएका छन् । पृथ्वीचोकमै पृव्थीनारायण शाहको शालिक पुर्नस्थापित गराउनु पर्ने माग उनिहरुले गरेका छन् । धर्ना कार्यक्रममा अभियानका संयोजक शिरोज कोईराला, क्षत्री समाजका संस्थापक अध्यक्ष दिल वहादुर क्षत्री,राप्रपा गण्डकीका अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङ,कास्की जिल्ला अध्यक्ष नारायण गुरुङ,विश्व हिन्दु महासंघका शंकर खराल,लगायत राप्रपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
उता नेपाल मगर संघ लगायतका जनजाती संघ संस्थाले लखन थापाको शालिक पृथ्वीचोक वाट स्थानान्तरण गर्न नपाईने अडानमा रहेका छन् । राष्ट्र निर्माता गौरव अभियान राप्रपा, विश्व हिन्दु महासंघ लगायतका हिन्दुवादी संघ संस्थाहरु पृथ्वीचोकमानै पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्ने अडानमा दवावमुलक कार्यक्रममा उत्रेको अवस्थामा पोखरामा शालिक विवाद वल्झदो अवस्थामा रहेको छ । यस्तो अवस्थाका विच पोखराका सडकमा भएका सवै शालिकहरुलाई विभूति पार्कमा लगेर राख्ने पोखरा महानगरपालिकामा भएको सर्वदलीय ÷सर्वक्षिपक्षीय वैठकको निर्णय सान्दर्भिक छ । पोखराका सडकमा रहेका शालिक सडकवाट विभूति पार्कमा लगेर व्यवस्थापन गर्दा कुनै संस्था प्रति अर्को संस्थाको इगो नरहने, सवैको आत्म सम्मान हुने तथा सडक चौडा हुने, सवारी दुघ्र्टनको जाखिम कम हुने, सडक तथा चोकहरुको सौन्दर्यता वढ्ने र लामो समय देखिनको शालिक विवाद समाप्त हुने भएकाले शालिक स्थानान्तरणको कामलाई छिटो भन्दा छिटो अगाडि वढाउने र तत्काल देखिएको शालिक सम्वन्धि विवाद समाधानमा सवै पक्ष गम्भिर हुनुपर्ने देखिन्छ ।
![](http://fewapostkhabar.com/wp-content/uploads/2023/08/369695700_2082275491976741_5113098742995531601_n.jpg)